Monday, March 20

भ, र्खरै सकिएको मन्त्रि परिषदको बैठक, बैठकले गर्यो यस्ता महत्वपूर्ण निर्णय हेर्नुहोस्

July 27, 2021 1324

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णयहरु गरेको छ । सरकारले मंगलबार गण्डकी र लुम्बिनी प्रदेशका प्रदेश प्रमुख परिवर्तन गर्ने भएको हो ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गण्डकीकी प्रदेश प्रमुख सीता पौडेललाई हटाएर पृथ्वीमान सिंह गुरुङलाई र लुम्बिनीका प्रदेश प्रमुख धर्मनाथ यादवलाई हटाएर अमिक शेरचनलाई नियुक्त गर्ने सिफारिस गरेको हो ।प्रदेश प्रमुखको नियुक्ति सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।

अर्कोतिर सरकारले प्रभुराम शर्मालाई कार्यवाहक प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले शर्मालाई कामु प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको हो ।शर्माले हाल सेनामा बलाध्यक्ष र बलाधिकृत रथीको जिम्मेवारी सम्हालिनु रहनु भएको थियो ।

हालका प्रधानसेनापति पूर्णचन्द्र थापाले २५ भदौबाट अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । अवकाशको एक महीना अघि विदा बस्ने परम्परा अनुरुप उहाँले २४ साउनबाट विदा बस्ने तयारी गर्नुभएको थियो । थापाको औपचारिक विदाइ भने २५ भदौमा हुनेछ ।

यस्तै, सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. विश्व पौडेल नियुक्त गरेको छ । मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्ष नियुक्त गरेको हो ।

प्रतिकृया दिनुहोस्