Saturday, June 3

नेपाली गितमा पन्जाबीको मोह, यस्तो बन्यो ‘टुङ्नाको धुनमा’को पन्जाबी भर्जन (भिडियो सहित)

August 6, 2021 1552

काठमाडौं । पछिल्लो समय पुरानो गीतको कभर बनाउने चलन धेरै नै चलिरहेको छ। कभर गीतको मोह अहिले राम्रै चलिरहेको छ । कभर गीतकै क्रममा अहिलेको सर्वाधिक लोकप्रिय नेपाली गीत ‘टुङना को धुनमा’को कभर गीत सार्वजनिक भएको छ।

गायक इन्द्रजित मिजारको स्वरमा नेपाली चलचित्र ‘रहर’ समाबेश यो गीतलाई नेपालीले नभई पन्जाबी गायकले गाएका छन् । पन्जाबी गायक लकी सिद्धुले यसअघि फूलबुट्टे सारीको पन्जाबी भर्सन गाएका थिए ।उनै लक्की सिद्धुले अहिले ‘टुङना को धुनमा’ गाएका छन् ।

उक्त गीतको भिडियोलाई संसार ब्ल्ग प्रोडकसनले निर्माण गरेका छन्भ, ने गीत सिन्धु म्युजिकको अफिसियल युटुब च्यानलबाट रिलिज गरिएको छ।गीतको भिडियोमा प्रज्ज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ भने गीतलाई जीएन एस जोन्नी ले निर्देशन गरेका छन ।

संसार भ्लगको मुख्य उद्देश्य बिदेशी र नेपाली सस्कृतिलाई समावेस गरी केही गरु भन्ने रहेको छ ।त्यसैले उक्त प्रडक्सनले नेपाली नै बोल्न नजान्ने पन्जाबी लक्कीलाई नेपाली गीत गाउन लगाएका हुन् । पन्जाबी गायक लक्की सिद्धुले टुङनाको धुनमा राम्ररी गाएका छन् ।

‘टुङनाको धुनमा’ को पन्जाबी भर्जन अहिले लन्डन तथा भारतमामा पनि धेरै नै लोकप्रिय भइरहेको छ

 भिडियो हेर्नुहोस

 

प्रतिकृया दिनुहोस्