Saturday, June 3

रसाए दुनियाका आँखा ! देश छा, डेर भागेका अफगानी राष्ट्रपतिले विदेशबाट पहिलो पटक दिए सार्व जनिक अभि, व्यक्ती,

August 17, 2021 686

अफगानिस्तानका अपदस्थ राष्ट्रपति अशरफ गनीले राजधानी काबुलमा तालिबानले कब्जा गरेपछि देश छाडेका छन् । केही रिपोर्टमा उनी ओमानमा अमेरिकी एयरबेसमा पुगेको र अब अमेरिका जान सक्ने बताइएको छ । अल जजीराले भने उनी उज्वेकिस्तानको राजधानी तास्कन्द पुगेको भनेको छ ।

देश छाडेका कारण भइरहेको आलोचनाको बीचमा अशरफ गनीले सामाजिक संजालमार्फत सफाइ पेश गरेका छन् । उनले लेखेका छन् ‘आज मेरो अगाडि कठिन विकल्प छ । मैले कठिन फैसला लिनुपर्यो । म तालिबानको अगाडि अडिग भएर उभिनुपर्थ्यो । मैले २० वर्षदेखि आफ्नो जीवन यहाँका जनतालाई बचाउनमा बिताएको छु । मैले यदि देश नछोडेको भए यहाँका जनताको लागि परिणाम निकै खराब हुन्थ्यो ।’

उनले अगाडि लेखेका छन् ‘तालिबानीहरुले मलाई हटाएका छन् । उनीहरु काबुलमा यहाँका जनतामाथि आक्रमण गर्नको लागि यहाँ आएका हुन् । तासिलबानीले हिंसाबाट लडाइँ जितेका छन् । अब उनीहरुको जिम्मेवारी हो कि उनीहरु अफगानिस्तानका जनताको रक्षा गरुन् । रक्तबातबाट बच्नको लागि म अफगानिस्तानबाट जानु नै सही लाग्यो ।’

तालिबानी कमाण्डरले अफगानिस्तानको राष्ट्रपति भवनमा कब्जा गरेको बताएका छन् । स्थानीय मिडियाका अनुसार तालिबानका डेप्युटी लिडर मुल्ला बरादरले आफूहरु यसरी फर्किनेछन् भन्ने अपेक्षा नगरेको बताएका छन् ।

उनले अब आफूहरुले कसरी अफगानी जनताको हितको रक्षा गछृन् भन्ने कुराले आफ्नो परीक्षण हुने बताए । टोलो न्युजका अनुसार तालिबानी प्रवक्ता जबीहुल्ला मुजाहिदले लुटपाट र अराजकता रोक्न सुरक्षा बलले छाडेका काबुलका चौकी नियन्त्रण गर्ने बताएका छन् । –एजेन्सीको सहयोगमा -अनलाइनमार्गबाट।

प्रतिकृया दिनुहोस्