Saturday, October 23

परीक्षार्थीहरुले परिक्षा हल भित्रको टिक-टक भाइरल- हेर्नुहोस् (भिडियो सहित)

August 18, 2021 369

जनकपुरधामस्थि रहेको मोडेल मल्टिपल कलेजको परीक्षार्थीहरुले परीक्षा हलभित्र बनाएको अर्को टिकटक भिडियो पनि बाहिरिएको छ । टिकटक प्लेटफार्ममा जनकपुरको मोडेल मल्टिपल कलेजकी एक छात्राले केही दिनअघि परीक्षा हलमै बनाएको टिकटक भिडियो समाजिक सँजालमा भाइरल बनेको थियो ।

परीक्षा हलमा मोबाईल प्रवेश गर्न दिनु र त्यसमाथि चिट गरी भिडियो खिचेर समाजिक सँजालमा हालेपछि चौतर्फी आलोचना भएको हो । देशको उत्कृष्ट २० कलेजमध्ये जनकपुरको मोडेल कलेज पनि पर्दै आएको भन्दै कलेजको भित्री अवस्था नै यस्तो रहेको भनेर टिकाटिप्पणी गरिएको छ ।

मोडेल कलेजका विद्यार्थीहरुले नै भिडियो बनाएर टिकटकमा हालिदिएको हो । मोडेल कलेजका व्यवस्थापन प्रदीप लाल कर्णका अनुसार, परीक्षा हलमा विद्यार्थीहरुले टिकटक बनाएको र कसैले अपलोड गरिदिएको हो । अहिलेसम्म अपलोड गर्ने विद्यार्थी फेला नपरेको उनले जानकारी दिए ।

टिकटकमा राखिएको भिडियो प्रिन्ससँतोष४ को आईडीबाट अर्को भिडियो राखिएको हो । सो भिडियो पहिले प्रिन्सेसप्रिन्सेस९०९ को आईडीबाट भएको बुझिएको छ । यद्यपी, भिडियोमा देखिएको विद्यार्थी पनि सोही आइडीको हुन सक्ने बुझिएको छ ।भिडियोमा परीक्षा चलिरहँदा विद्यार्थीले आफ्नो परीक्षाको कापी भिडियोमा देखाएकी हुन् ।

परीक्षा हलभित्र नेपाल परीक्षा बोर्डले मोबाईल प्रतिबन्ध गरिएपनि मोडेल कलेजले परीक्षा हलभित्र मोबाइल लग्न दिनु व्यवस्थापकप्रति प्रश्नचिन्ह खडा भएको छ । व्यवस्थापक कर्णले परीक्षा कहिलेको हो भनेर यकिन नभएपनि भिडियोमा देखिएको २५ मार्कको लागि प्रयोगात्मक (प्राक्टीकल) परीक्षा रहेको र कलेजभित्रैको इन्टरनल परीक्षा भएको दाबी गरेका छन् ।

उनले भने, ‘यो कुनै ठुलो कुरा हैन, हामी अपलोड गर्ने विद्यार्थी पत्ता लगाइरहेका छौँ । यसमा कसैलाई नेगेटिभ लिनुछ भने लिन दिनुस, कसैले पोजिटिभ लिनु छ लिन दिनुस् ।’ कर्णका अनुसार, कसैले बदनाम गर्ने नियतले नै सो भिडियो अपलोड गरेको हुन सक्ने अनुमान गरे ।

यसअघि पनि एक विद्यार्थीले जीतेन्द्रसाह४२१२ को टिकटक आईडीले भिडियो हालेका थिए । सो क्रममा पनि परीक्षा हलमा लिएको भिडियो अपलोड भएको थियो । केही महिनाअघि धनुषाको धनुषाधाम नगरपालिकास्थित एक विद्यालयमा विद्यार्थीले परीक्षा हलमा टिकटक बनाउँदै ४ सालको लागि परीक्षाबाट बञ्चित गरिएको छ भने कक्षा १२ को परीक्षामा टिकटक बनाएको भन्दै दुई जना विद्यार्थीलाई निष्कासित गरिएको थियो ।

मोडेल मल्टिपल कलेजका परीक्षार्थीहरुले निरन्तर यस्ता क्रियाकलापमा सँलग्न भएको देखिएको छ । एकपछि अर्को भिडियो टिकटकमा हालेपछि कलेजको व्यवस्थापन र गुणस्तरियताप्रति पनि प्रश्न चिन्ह उठेको छ ।-सिधाकुराअनलाईनबाट।

तलको भिडियो हेर्नुहोस्…

प्रतिकृया दिनुहोस्