महिलाहरुको महान चार्ड नजिकिदै गर्दा लामो समय सम्म चेलीबेटी बिना खल्लो भयको माइतीको आगन करिब करिब झलमल बलेको अनुभव हुन लागेको छ। धेरै समयसम्म भेट हुन नपायका दिदि बहिनीहरु पनि तीजकै समय पारेर भेट हुने अवसर जुट्ने गर्दछ।
अनि धेरैले आफुले बिहे पछाडी पराइघरमा भोगेका भोगाइहरु माइतमा जम्मा भयर सुनाउने गर्दछन भने कसैले रमाइला क्षणहरु समेत सुनाउने गर्दछन। तिनै तिता मिठा कुराहरुलाई टपक्क टिपेर कलाकारहरु गित बनायर गाइदिञ्छन। अनि घन्किन थाल्छन तिनै तिता अनि मिठा गितहरु रेडियो अनि टेलिभिजन हरुमा। र त बल्ल सबैलाई तिज आयको अनुभव समेत हुने गर्दछ।
माइतिको आगन झलमल यसरी पनि बलेको देख्न सकिन्छ लामो समय माइत आउन नपायका चेलीहरु रातो साडीमा सजियर मादलको तालमा छम-छामी आगनमा नाचेर सबैलाई रमाइलो दिने गर्दछन। अनि त्यसैले पनि होला धेरैलाई तिज भन्ने बित्तिकै एउटा रमाइलो चार्ड पनि भनेर बुझ्ने गरेको।
कलाकार हरु तिज आउनु भन्दा धेरै पहिले देखीनै निकै ब्यस्त देखिन थाल्छन सबैको रोजाइ अनि खोजे जस्तो गित बजार पठाउनको लागि। अनि समय राम्रो भय स्टेज बाटै सबैलाई रमाइलो दिलाउनकै लागि र तिज भन्ने पर्व पनि त रमाइलो पर्व हो भनेर धेरैले भन्दै आयको होला।
धेरै नयाँ नयाँ तिज गितहरु हरेक बर्ष बजारमा आउदा सबैको कान अनि आखा रेडियो र टेलिभिजन सेटमा हुने गर्दछ। त्यस्तै फेरी एउटा रमाइलो छुटाउनै नसकिने तिज गित बजारमा आयको छ। तिजको बेलामा नाच्ने रहर हुदापनि २ जिउको भयर नाच्नको लागि समस्या परेका कुराहरुलाई समेटेर बनाइयको तिज गीतिसंग्रह “संगिनी” मा निकै रमाइला रमाइला सब्दहरु अनि चित्रणहरु समाबेस गरेको देख्न पाइञ्छ।
बिशाल रायमाझीको युट्युब च्यानल मार्फत भर्खर सार्बजनिक भयको उक्त गीतमा स्वर बिशाल रायमाझी र प्रतीक्षा वाग्लेको रहेको छ भने सब्द अनि लय बिशाल रायामझीकै हो। उक्त गीतमा संयुक्त आवाज समेत रहेको छ जसमा शान्ता बस्नेत, सर्मिला रायमाझी, सुमन राना र टेकेन्द्र रोकायले दिनुभयको छ।
महेन्द्र भण्डारीले गर्नुभयको संगीत संयोजनलाइ मारुनी रेकर्डिङ्ग स्टुडियो मा उक्त गित रेकर्ड गरीयको थियो भने जुन गीतको भिडियो निर्देसन राज कुमार मगरले गर्नु भयको हो भने छायांकन महेश महराको रहेको छ।
उक्त गीतमा अभिनय एलिना रायमाझी, अल्फाज साह, पुजन घिमीरे, कुशल अधिकारी, गोबिन्द थापा, प्रिन्स पाण्डेले गर्नु भयको छ। र उक्त गीतको भिडियो सम्पादन समेत राज कुमार मगरले गर्नु भयको हो।
जुन गीतको पुरा भिडियो तल हेर्नुहोस।
प्रतिकृया दिनुहोस्