काठमाडौं । चर्चित हाँस्यकलाकार शम्भुराज थापाको ‘बखते’ को नि’धन भएको छ। हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को को’रोना भाइरसको संक्रमणबाट मृ’त्यु भएको हो ।
एक महिना अगाडि को’रोना भाइरसको संक्रमण पोजिटिभ देखिएका थापालाई पाटन अस्पतालमा भर्ना गरेर नियमित उपचार भइरहेको थियो ।६४ वर्षीय थापाको उपचारकै क्रममा शनिबार बिहान ४:४० बजे नि’धन भएको हो ।कलाकार एवम् निर्देशक मरिचमान श्रेष्ठ ‘बल्छी धुर्बे’ ले उनको नि’धन भएको जानकारी दिएका छन्।
पछिल्लो समय चर्चित सिरियल ‘हल्का रमाइलोमा’ बखते काका र ‘गोलमाल’मा खुइलीको बाको भूमिकामा देखिँदै आएका थिए । थापाले हास्य टेलिश्रृंखलाहरू- हल्का रमाइलो, गोलमाल, भद्रगोल, मह सञ्चार, मेरी बास्सै लगायत तथा केही चलचित्रमासमेत अभिनय गरेका थिए ।
उनीको श्रीमती, एक छोरा र एक छोरी छन्। थापाको आजै पशुपति आ’र्यघा’टमा अन्तिम सं’स्कार गरिने परिवारले जनाएको छ। उनकाे नि’धनप्रति कलाकारहरूले सामाजिक सञ्जालमा श्र’द्धाञ्जली दिइरहेका छन् ।उनको परिवारमा सवै को’रोना संक्रमित छन्। बखतेले हल्का रमाइलो ८० औ भागमा को’रोना संक्रमितको अभिनय समेत गरेका थिए ।
थापाको श्रीमती, एक छोरी र एक छोरा रहेका छन् । उनको
शनिबार नै पशुपतिस्थित आर्यघाटमा अन्त्ये ष्टि गरिएको छ । अन्तेष्टीमा पुगेका कलाकार मरिचमान श्रेष्ठ बल्छीधुव्रे लगायत धेरै कलाकारको उपस्थिति रहेको थियो । कलाकारहरुले असल कलाकार गुमाएको बताएका छन्।
अनलाइन टि भि नेपालले पशुपति पुगेर बनाएको भिडियो रिपोर्ट ः
प्रतिकृया दिनुहोस्