काठमाडौं। अक्षय कुमारको फिल्म बेलबटमलाई तीन खाडी देशहरुले प्र’तिबन्ध लगाएका छन् । दर्शक र समीक्षकबाट मिश्रित प्र’तिक्रियापाइरहेको यो फिल्मलाई खाडी देशहरु साउदी अरब, कतार र कुवेतले प्र’तिबन्ध लगाएका हुन् ।
यी देशले फिल्ममा देखाइएको तथ्यलाई गलत भन्दै फिल्ममाथि प्र’तिबन्ध लगाएका हुन् । यहाँको फिल्म स’र्टिफिकेसन अ’थोरिटीले फिल्ममा ऐतिहासिक तथ्यमाथि छे’डछाड गरिएको बताएका छन् ।बेलबटम स्पाइ प्रिलर फिल्म हो ।
१९८० को दशकमा भएको विमान अपहरणको सत्य घटनामा आधारित यो फिल्ममा अक्षय कुमार रअ एजेन्टको रुपमा देखिएका छन् ।
फिल्मको दोस्रो हाफमा अक्षय कुमारले विमान अ’प’ह’र’ण’कर्तासँग पहिलो कुराकानी र त्यसपछि लडाइँ गरेर विमानमा फसेका २१० जना यात्रुलाई ब’चाएको देखाइएको छ । खाडी देशहरुले यही कुरालाई गलत भनेका छन् ।यो फिल्म जुन वास्तविक घटनामा आधारित भनिएको छ त्यो विमान अ’प’ह’र’ण १९८४ मा भएको थियो ।
यो घटनामा संयुक्त अरब इमिरेट्सका मन्त्री शेख मोहम्मद बिन राशिद अल म’कतुमले स्वयं यो परिस्थितिलाई नियन्त्रण गरेका थिए ।लाहोरबाट दुबइ पुगेको विमानका अ’प’ह’र’ण’कर्ताहरुलाई उनले पक्राउ पनि गरेका थिए । तर, फिल्ममा यो सबै काम भारतबाट गएका अक्षय कुमारले गरेको देखाइएको छ र यही कुराप्रति आ’पत्ति जनाउँदै खाडी देशहरुले फिल्ममा प्र’तिबन्ध लगाएका छन् ।
प्रतिकृया दिनुहोस्