Saturday, June 3

धनकुटाको सहिदभुमिमा अपाʼङ्गता परिचय पत्र वितʼरण शूरु

January 25, 2021 1075

धनकुटा खबर । धनकुटाको सहिदभुमि गाँउपालिकाले अपाङ्गता परिचय पत्र वितरण गर्न शूरु गरेको छ । प्रदेश सरकार र करुणा फाउण्डेशनको सहकार्यमा आजदेखि गाउपालिकाको वडा नं १ धापबाट परिचय पत्र वितरण शूरु गरिएको हो ।

अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम अन्र्तगत प्रारम्भिक स्वास्थ्य परिक्षण गरि अपाङ्गता परिचय वितरण कार्यक्रम थालिएकोे गाँउपालिकाको प्रशासकिय प्रमुख राजकुमार शाक्यले बताउनु भयो ।

सिविरमा उनिहरुको गाँउपालिकाका स्वास्थ्या शाखाका स्वस्थ्यकर्मी तथा करुणा फाउण्डेशनका प्राविधिक टोलिले कान आखा तथा शारीरिक परिक्षण गरिरहेको उहाँले जानकारी दिनु भएको छ । पहिलो दिन शिविरमा ७३ जनाको स्वस्थय परिक्षण तथा अपाङ्गता परिचय पत्र वितरण गरेको गाँउपालिकाले जनाएको छ ।

शिविरको उद्घाटन वडा नं १ का कार्यबाहक वडाअध्यक्ष वलराम राईको अध्यक्षता तथा गाउपालिका उपाध्यक्ष रत्नश्वरी राईको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । कार्यक्रममा प्रशासकिय प्रमुख शाक्य सहित स्वस्थ्य प्रमुख फकीर मोहमद, करुणा फाउण्डेशनका फोकल पर्शन दिनेश नेपाल वडा सचिव सुमित राम लगायतको उपस्थिति रहेको थियो । गाँउपालिकाको ७ वटै वडामा सञ्चालन गरिने शिविर माघ १८ गते सम्पन्न हुने गाउपालिकाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्