Saturday, April 1

केपी शर्मा ओली पत्नीको जन्मदिनमा छमछमी नाचेको भिडियो भा’इरल-हेर्नुहोस् (भिडियो सहित)

August 26, 2021 1237

एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आलोचकहरुले कठोर र अनुदार राजनीतिज्ञका रुपमा चित्रित गर्ने गर्छन् ।

राजनीतिबाहिर व्यक्तिगत जीवनमा भने उनी ठट्यौलो र रसिक छन् । पत्नी राधिकाको जन्मदिनमा हिजो पार्टीका केही कार्यकर्ताहरुमाझ उनी यस्तै अवतारमा पेश भए ।

राधिकाको जन्मदिनमा बालकोटस्थित ओली निवासमा हिजो सानो जमघट थियो । पार्टीका एकाध नेताहरुसहित अनेरास्ववियुका युवाहरुको समूह उनलाई शुभकामना दिन बालकोट पुगेका थिए ।

त्यस क्रममा ओली पार्टीका युवाहरुमाझ रमाइलो मुद्रामा पेश भए । उनले एकछिन नृत्य समेत गरे ।

कार्यकर्ताहरुको आग्रहमा ओलीले आफैंले लेखेको गीत ‘म त कति भाग्यमानी…’ मा छमछम नाचेका थिए । राधिका भने हल्लिइन् मात्र ।

राति करिब १० बजेसम्म बालकोट निवासको माहोल गुलजार थियो । शुभकामना दिन आएको टोलीलाई सामान्य खानपिन गराएर ओलीले बिदा गरेका थिए ।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोला।

प्रतिकृया दिनुहोस्