टिकटकमा करिब एक लाख फलोअर्स भएकी इलामकी चेली शिखा राईको सानैदेखिको सपना हो आफू कलाकार बन्ने जसलाई उनले टिकटकमार्फत निकै नै सहज बनाएको छ।उनले अपलोड गरेका भिडियोहरू धेरैजनाले मन पराइदिनुभएको छ।
उहाँको भिडियोको भिउजहरू पनि राम्रोसँग आउने गरेको छ।धेरै जना दर्शकहरूले उहाँको कपालको तारिफ गर्नुभएको हुन्छ कमेन्टमा।उनका अनुसार ६ मिलिअन जति भिउज आइसकेको छ उनले लगाएको भिडियोमा।
उनी टिकटक भिडियो बनाउन निकै नै उत्साही पनि हुने गर्दछिन् भने भिडियो बनाउन विभिन्न ठाउँमा जानुपर्ने र धेरै मेहनत समेत गर्नुपर्ने भएकाले कहिले काही गलेर थकाइ लाग्ने पनि उनी बताउँ छिन्।
उनलाई धेरै ठाउँबाट बेलाबेलामा प्रेम प्रस्ताव समेत आउने गरेको उनी बताउँछिन्।उनले प्लस टु सम्मको पढाइ सकिसकेकी छिन् र अहिले पार्लरमा ब्युटिसियनको रुपमा काम गर्दै आइरहेकी छिन्।
लामो कपाल महिलाको सुन्दरतासँग जोडिएको विषय वस्तु हो।लामो कपाल भएका महिलाहरू सरल, संस्का री र सर्व गुण युक्त देखिने गर्दछन्। वास्तव मा लामो कपाल महिलाहरू का लागि एउटा गहना नै हो।तर आजभोलि आधुनिक बन्न नाममा महिलाहरू लामो कपाल पाल्न छाडेर कपाल छोटो पार्ने,थाइकट राख्ने बढ्दो प्रचलन भेटिन्छ।
कमेन्टमा धेरैजसोले त कपालकै तारिफ गर्नुहुन्छ, त्यसपछि उनको डान्सको,र सुन्दरताको पनि खुलेरै प्रशंसा गर्ने शुभ चिन्तकहरू हुनुहुन्छ।आफ्नो उचाइ जत्तिकै लामो कपाल भएका कारण हिँड्दा र डान्स गर्दा पनि असहज भएपछि अहिले उनले आफ्नो कपाल काटेकी छन्।उनी लगभग पाँच फीट अग्लो छिन् भने उनको कपाल अहिले चार फिट जती छ।टिक टक बनाउनकै लागि उनी विभिन्न ठाउँमा जाने गर्दछिन्।
उनको घरमा ममी,बाबा,दुईजना दादाहरू र एकजना बहिनीहुनुहुन्छ।घरबाट उनलाई आफ्नो काममा पनि सपोर्ट गर्नुहुन्छ।उनलाई इच्छा लागेको कुरा गर्न पाउँदा खुसी समेत हुनुहुन्छ भने उनी पनि खुसी हुन्छिन्।
हुन त कपाल लामो भएको महिलालाई धेरैले लक्षिणको महिला हो भन्छ्न् भने कतिपयले लामो कपाल कम्मर भन्दा मुनि गएको कारण नराम्रो छ काट्नु भन्ने पनि सल्लाह दिएको उनी बताउँछिन्।
बाँकी तलको भिडियोमा:
प्रतिकृया दिनुहोस्