Wednesday, March 29

तराईमा जग्गा किनेर झर्न तयार परेका कार्की परिवारका ६ जनाको कस्ले गर्यो ह’त्या ?

September 7, 2021 1306

संखुवासभाको उमलिङमा एकै परिवारका पाँचजनाको ह त्याको कारण पैसा रहेको निष्कर्षमा प्रहरी पुगेको छ । पैसा लुट्ने उद्देश्यका साथ ह त्या भएको निष्कर्षमा प्रहरी पुगेको बुझिएको छ ।

२० भाद्रको राति मादि नगरपालिका १ स्थित उमलिङमा घरमुली ८५ वर्षीय बौदमान कार्की मात्र जिवित भेटिएका थिए । उनकी ८४ वर्षीया पत्नी पार्वती कार्की, ५२ वर्षका छोरा तेजबहादुर कार्की, बुहारी ५२ वर्षीया कमला कार्की, नातिनी बुहारी ३२ वर्षीया रञ्जना कार्की, पनाति वर्ष ८ का विपिन कार्की र पनातिनी वर्ष ५ की गोमा कार्की मृ’त फेला परेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पार्वतीको श’व घरमा नै फेला परेको थियो । तेजबहादुरको श’व रोडको भित्तामा, कमला र रञ्जनाको श’व खोलामा भेटिएको थियो । विपिन र गोमाको श’व एक किलोमिटर टाढा बारीमा मृ’त फेला परेको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट वृद्धाको ह त्या पछि छोराबुहारी र नातिनीबुहारीलाई नियन्त्रणमा लिएर टाढा लगी ह त्या गरेको देखिएको छ । लुटे’राहरुलाई मृ’तकले चिनेको र अप’राध खुल्न सक्ने ठा’नेर ह’त्या गरेको हुनसक्ने अनुसन्धानले देखाएको प्रहरी स्रोतले बतायो । ८ वर्ष र ५ वर्षका बालबालिकाको पनि हत्या हुनुले नजिकका आफन्त वा चिनेजानेकाहरुतर्फ अनुसन्धानको सुई घुमेको बुझिएको छ ।

घरको अवस्था र पैसाबारे समेत सूचना पाएको समूहले ह’त्या गरेको हुनसक्ने देखिएको प्रहरी स्रोतले जनाएको छ । घटनामा धारिलो हतियारको प्रयोग भएको प्रहरीले जनाएको छ ।

कार्की परिवारले झापामा जग्गा किन्न बैना गरेको र केही दिनपछि जग्गा पास गर्ने सहमति समेत गरेको बुझिएको छ । जग्गा खरिदका लागि परिवार मिलेर ८० लाख रुपैयाँ संकलन गरेर ठिक्क परेका थिए । बैनावापत् केही रकम दिएर बाँकी रकम घरमै राखेको र त्यो सूचनाका आधारमा ह त्या गरी लु’टिएको हुनसक्ने आधारमा अनुसन्धान बढाइएको छ ।

प्रहरीको अनुसन्धान टोली संखुवासभाको उमलिङमा खटिएको छ । तालिमप्राप्त कुकुरहरुको समेत प्रयोग भएको छ । विभिन्न कोणबाट अनुसन्धान बढाइएकाले केही दिनमै खुल्नसक्ने बुझिएको छ । तर, प्रहरीले तथ्यप्रमाणहरु संकलन गरेपछि मात्र अप’राधीलाई निय’न्त्रणमा लिने गरी अनुसन्धान बढाएको बुझिएको छ ।

कार्की परिवारका दुई सदस्य वैदेशिक रोजगारीमा गएका छन् । नातिहरु दुईजना विदेशमा गएको र त्यो पैसाले तराई झर्न जग्गा खरिद गर्न लागेको बुझिएको छ । एकजना नातिको परिवार तराईमा बस्दै आएका थिए । अर्का नातिको परिवार बौद्धमान र छोराबुहारीसँगै संखुवासभामै थिए ।

प्रतिकृया दिनुहोस्