काठमाडौं : तेह्रथुम पावर कम्पनीको आइपीओ शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटलको आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट भएको हो । यसमा गोलाप्रथामार्फत कुल ७४ हजार ४०० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर हात पारेका छन् ।
तेह्रथुमको आइपीओमा कुल २३ लाख ५५ हजार ४४७ जनाले आवेदन दिएकामा ८ हजार ८२० जनाको आवेदन रद्द भएको छ ।
रितपूर्वक आवेदन दिएका २३ लाख ४६ हजार ६२७ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । तेह्रथुम पावरले भदौ ९ गतेदेखि १३ गतेसम्म कुल ८ लाख कित्ता आइपीओ निष्कासन गरेको थियो । जसमध्ये ५% (४० हजार कित्ता) म्युचुअल फन्डलाई र २% (१६ हजार कित्ता) सेयर कर्मचारीलाई छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक एन्आइबीएल एस क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । साथै, सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सकिन्छ । आइपीओ नतिजा हेर्न माथिको लिङ्कमा क्लिक गर्नुहोला। -नेपालीपैसाबाट।
प्रतिकृया दिनुहोस्