ठविभिन्न समयमा हुने बाढी पहिरो, भुकम्प जस्ता प्राकृ तिक प्रकोपबाट पिडित भएकाहरुलाई साथ र सहयोग गर्नमा जुटेका एक युवाहरुको समुहले अहिले काठमा डौंमा कुरुवा घर निर्माण गर्ने भएको छ । उक्त घर निर्माण लागि युवाहरुले श्रमदान र सहयोग रकम बाट गरिने भएको छ । कुरुवा घरको शिलान्यास मा विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र सामाजिक अभियान्ता ज्ञानेन्द्र शाही पनि पुगेका थिए ।
उपचारका क्रममा देशका विभिन्न भागबाट आउनेहरु लाई काठमाडौमा बस्न खान समस्या हुने भएकाले आफुहरुले त्यस्ता ब्याक्तिहरुलाई सकेसम्म निशुल्क नत्र न्युनतम रकममा खाने बस्नेको ब्यावस्था गर्ने उक्त समुहका युवाहरुको भनाइ छ । आर्थिक रुपले बिपन्न भएका जो उपचारको लागि आफ्नो बिरामी अस्पताल ल्याइ उपचार गराइरहेका हुन्छन उनिहरुका कुरुवा काठमाडौको होटलमा खान बस्न आर्थिक कारण नस्क्ने हुदा त्यस्ता ब्याक्तिलाई आफुहरु निशुल्क खाने बस्ने ब्यावस्था गर्ने उनिहरुले बताए ।
भवन शिलान्यासको क्रममा पुगेका कुलमान घिसिङले यस्ता सामाजिक कामहरुमा युवाहरुले चासो देखाउनु धेरै राम्रो भएको भन्दै आफुले गर्न सक्ने सहयोग गर्ने उनले बताए । सरकारले गर्नु पर्ने काम युवाहरुले गर्न खोजेको भन्दै यसलाई सरकारले पनि सहयोग गरोस भन्ने आफ्नो चाहाना रहेको कुलमानको भनाइ छ । युवाहरूलाई धन्यवाद दिदै निरन्तर यस्ता कामहरुमा लागि रहन उनेले शुभकामना पनि दिएका छन ।
यस्तै शिलान्यास कार्यक्रममा उपस्थित भएका सामाजि क अभियान्ता ज्ञानेन्द्र शाहिले युवाहरुको यश कार्यबाट देशका आर्थिक बिपन्न वर्गहरुलाई राहत पुग्ने बताए । यस्ता कार्यहरु देशै भर हुनु पर्ने उनले बताए । सरकार ले गर्नु पर्ने काम युवाहरुले गरेकाले यसले सरकारको आँखा खोल्ने काम पनि गरेको उनले बताए । यसलाई निरन्तर चलाइरहन सम्पुर्ण नेपालिहरुलाई आफुले सकेको सहयोग गर्न पनि उनले आग्रह गरेका छन ।
यसै बिच कुरुवा घर निर्माण गर्न लागि परेका युवाहरुले भने यश घरमा प्राकृतिक प्रकोपबाट पिडित भै घरबार बिहिन भएकाहरुलाई सहयोग कसरी गर्ने, कुन ठाउँमा के कस्तो सहयोग आवश्यक छ त्यसको बारेमा पनि यहाँ बसेर छलफल गरि सहयोगको खाका तयार पार्न पनि यसको उपयोग हुने बताएका छन । यसमा सबै नेपालीहरुको सहयोग आवश्यक पर्ने भएकोले आफुले सक्ने सहयोग गरिदिन उनिहरुले अनुरोध गरेका छन ।
तलको भिडियो हेर्नुस
प्रतिकृया दिनुहोस्