Wednesday, June 7

दिउसै आँखै अगाडि पाटेबाघले घि’सार्दै-घि’सार्दै लगेर जंगलको छेउमा पुर्‍याएर खायो ( भिडियो हेर्नुहोस्)

September 17, 2021 1166

बाँके जिलाको राप्ती सोनारी गाउँपालिका वडा नं. एक को गाबारबाट एउटा अत्यन्तै दुखदायी खबर सार्वजनिक भएको छ।पूर्व पश्चिम राजमार्गमा सटेको दिनदहाडै एकजना चालीस बर्षीय पुरुष जो होटलमा कुकको काम गर्दै थिए।

उनलाई सोही स्थानको बजारबाट घिसार्दै घिसार्दै जंगल छेउमा लगेर लु’छी लु’छी ह’ड्डी निकालेर खायो।शरीरको सबैजसो भागहरू खाएको छ र एउटा खुट्टा,हात र केही करङ हरू बाँकी राखेको छ।

घटना घटेकै केही दिनयता आक्रमणको प्रयास गरिरहेको पाटे बाघले सोही दिन १२ ओटा बाख्रा खाएको थियो भनेर त्यहाँका स्थानीयले बताएका छन्।त्यसदिन पनि सबै मान्छे ले हेर्दाहेर्दै उनीहरूकै आँखा अगाडिबाट एकजना मान्छेलाई लगेर जंगलकै छेउमा लगेर खायो र त्यसको भोलिपल्ट गएर हेर्दा हाड मात्रै बाँकी राखेको थियो।

आफन्तहरूले खोज्दै जाँदा बाटोबाटोमा रगतको टाटा लागेको थियो र खोलैखोला घिसार्दै लगेको थियो।

वरिपरि सबै ठाउँमा खोज्दैजाँदा कहिँ नभेटेपछि मानिस हरूले बाटोमा रगतको टाटाहरू र थोपाहरू देखेका थिए।त्यस चिह्नलाई पछ्याउँदै जाँदा उनीहरूले रोडको नजिकै रहेको साइडमा गएर हेर्दा त्यस मान्छेको चप्पल र लगाउने कपडा देखिएको थियो।त्यसलाई पन्छाएर हेर्दा त बाघले खाएर बाँकी रहेका उसका खुट्टा र हातहरू र केही हड्डीहरू देखेका थिए।

त्यी व्यक्ति त्यहीँ नजिकै रहेको गोबिन्द ओली भन्ने मान्छेको घरमा रहेको होटलमा बिगत नौ दस वर्षदेखि काम गर्दै आइरहेका थिए।उनको पालनपोषण देखि लिएर सम्पूर्ण जिम्मेवारी त्यीनै होटलवाला गोबिन्द ओलीले नै गर्दै आइरहेका थिए।उनी आफ्नो काम गरिसकेपछि प्रायः जसो अरु मानिसहरूसँग त्यति नबस्ने र जंगलकै नजिकमा गएर एक्लै बस्ने गर्दै आएका थिए।

कृपया यसै बिषयमा तयार पारिएको भिडियो सामाग्री तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्न नभुल्नुहोला,धन्यवाद।

 

प्रतिकृया दिनुहोस्