Sunday, April 2

कठोर मन भकि आमा भन्छिन् “मैले पाइदिने काम हो,पाइदिएँ,जसले जे सुकै भनोस् मलाई छोराहरूको एक रति माया लाग्दैन”-हेर्नुहोस्(भिडियो हेर्नुहोस्)

September 20, 2021 1350

म त्यो घरबाट अघाएर हिँडेको हो,हिँड्नु हुँदैन थियो,हिँडे,गल्ती गरिन त भन्दिन तर अब म त्यो घर जाँदिन।मेरो मन म’रे’र आइसकेको छ,मलाई मे’रे’र आइसकेको छ,मलाई मेरा छोराहरूको पनि माया लाग्दैन,मैले पाइदिने काम हो,मैले पाइदिएँ,अब सम्पूर्ण जिम्मेवारी परीवारले नै लिनुपर्ने हुन्छ किनकि छोराहरू भनेको उनीहरूको रगत हो।अहिले बिहे गरेको केटासँग दस बर्ष अघिदेखिको सम्बन्धमा थिएँ भनेर उनले भनिन्।

श्रीमान बिदेश मै रहदा आफ्ना तीन नावालक छोराहरु छोडेर एक महिला अर्कै पुरुषसग भागेकी भनिएकी प्रेम तामाङकि श्रीमती त्यी महिला कमला तामाङ अहिले रुपन्देही जिल्लाको कञ्चन गाउँपालिका मा रहेको जानकारी प्राप्त भएपछि तीन छोराहरू सहित श्रीमान र युवा मन नेपालका पत्रकार किशोर श्रेष्ठ सहित अहिले रुपन्देहीको पुगेका थिए।त्यहाँ पुग्दा कमला तामाङ घर छोडेर बाहिर निस्किसकेको थिइन्।

झापाको दमक घर भएका प्रेम बमजन तामाङ उनी आफू बिदेशमै हुदाँ बाट श्रीमती घर छोडेर हिडिन। आफू नेपाल आउन लाग्दा श्रीमती हिडेको उनले बताएका थिए। आफू बिदेशमा हुदाँ श्रीनतीसगँ त्यस्तो कुनै मनमुटाव नभएको उनले पनि उनले भनेका थिए । आफुसगँ दैनिक राम्रोसगँ कुराकानी हुने गरेको बताउने उनी अरु कोहि सग गएको जस्तो आफुलाई नलागेको बताएका थिए तर श्रीमती भन्छिन्,मेरो सम्बन्ध १० वर्ष अघि देखिको हो र उसैले मलाई रुपन्देहीमा कोठा खोजेर राखिदिएको हो। उसको घर म्याग्दी हो र हाल उ विदेशमै छ।

कमलाका अनुसार घरमा सासू ससूराले जहिले पनि आफूलाई या’त’ना दिने र जहिले पनि बाहिर सम्बन्ध बनाइस् भनेर हेप्ने गाली गर्ने गरेको भएर त्यो घरदेखी मेरो मन मरेर आएको हो।मान्छीहरूले मलाई जे सुकै भनोस् तर मलाई मेरा छोराहरूको एक रत्ती पनि माया लाग्दैन।मैले सिर्फ जन्मदिनुपर्ने काम हो,जन्म दिएँ म त्यसैमा खुसी छु।

शुक्रबारको दिन भाइहरु छिटै घर आए पनि आफ्नो अलिक ढिलो घर जादा आमा घरमा नभएको उनका जेठा छोराले बताएका थिए। भाइहरुलाई सुन्तला किनिदिएर पचास पचार रुपैया दिई आफू सानिमाको घर जाने भनी हिडेको छोराहरुले बताएका थिएम हिड्ने बेला भाइहरुले देखे पनि आफुले भने नदेखेको जेठा छोराले बताएका छन । ती छोराका अनुसार फोनमा दुई जना सगँ प्राय आमा बोल्ने गरेको आफुले थाहा पाएको बताएका थिए । बोलेको थाहा भएता पनि पिटाइ खाइन्छ भन्ने डरले आफुले कसैलाई नभनेको उनले बताएका थिए ।

तर सुरुवातमा दुई जनासगँ बोल्ने गरेको भएता पनि केही समय पछि भने एकजनासगँ बोल्न छोडेको उनले बताए । आफुले मोबाइल हेर्दा म्यासेजमा बोलेको भेटेको उनले बताए । जेठ तिर आएर जानू पर्छ भन्दै बोलेको म्यासेज आफुले देखेको साथै उक्त केटासगँ बुढा बुढी भन्दै बोल्ने गरेको म्यासेज आफुले भेटेको उनले बताएका थिए । उक्त पुरुष त्यो बेला बिदेशमै रहेको उनले बताएका थिए । तर आमाको डरले आफुले बाबालाई नभनेको उनले सुनाए । अहिले त्यसैसगँ आमा गएको हुन सक्ने आफुलाइ शंका लागेको उनले बताएका छन ।

आमा गए पछि एक दुई पल्ट फोन भने गरेको छोराहरू बताउँछन । फोन गरेर अब आफू नआउने राम्रोसगँ बसेर पढ्नु भन्दै भनेको उनिहरु बताएका थिए । आफुलाई उक्त केटाको बारेमा भने केही पनि थाहा नभएको छोराले बताएका थिए। फोनमा बुवासगँ बोलेको भनेर ढाट्ने गरेको उनले बताए ।

बुवासगँ बोल्दा आफुहरु पनि बोल्ने गरेको तर आमा अरु सगै बोल्दा पनि बुवासगँ बोलेको भन्ने तर त्यो बेलाभने आफुहरुलाइ बोल्न नदिने गरेको उनिहरु बताउछन । प्रेम बमजन भने श्रीमतिलाई घर आउन आग्रह गर्छ्न । आएर छोराहरुको हेरचाह गरि सगैं बस्ने भन्दै सम्पर्कमा आउन पनि उनले अनुरोध गरेका छन ।

(भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्