सामाजिक संजाल टिकटकमा नेपाली आधुनिक गीतहरुमा टिकटक बनाइ चर्चामा रहेकि एक नर्स हुन करुणा दाहाल । आफैँ पनि मीठो स्वर भएकी उनी पेशाले भने नर्स हुन । झापा जिल्लाको तोपगाछी घर भएकी करुणाका टिकटक धेरैले मनपराएका छन । नेपाली गीत त्यसमा पनि आफुलाई धेरै मन पर्ने उनी बताउँछिन । आफू धेरै जसो त्यसैमा टिकटक बनाउन मन पर्ने उनी बताउँछिन ।
पछिल्लो समय पथ्थरी को रोगबाट पिडित उनी अहिले अप्रेसन गरि औसधि सेवन गरि आराम गरिरहेको उनले बताइन । डाक्टरले आराम गर्न सल्लाह दिए पछि उनी अहिले आफ्नो डिउटी छोडी घरमै बसिरहेकी छिन ।
आफू टिकटक बनाउन धेरै मन पराउने भएकोले घर बसेको बेला टिकटक बनाउने समय धेरै पाएको उनी बताउँछिन । मान्छेको जिन्दगी कुन बेला के हुनेको कसैलाई थाहा नहुने भन्दै बाँचुनजेल जसरी मन लाग्छ खुशी रहनु पर्ने उनको भनाई छ ।
करुणा भन्छिन ` जिन्दगीको कुनै टुङ्गो हुदैन ।´ त्यसैले सबैसगँ हासी खुशी रहनु नै जिन्दगी हो भन्ने आफुलाई लाग्ने गरेको उनी बताउँछिन । मीठो स्वर भएकी उनी आफुले गीत पनि रेकर्ड गरेको बताएकी छिन । आफ्नो युट्युव च्यानलमा एउटा अफिसियल गीत रेकर्ड गरि राखेको उनले बताइन् । अहिले सम्म आफ्नो ३ वटा गीत रेकर्ड भएको उनी बताउँछिन् । भर्खरै रेकर्ड भएको गीत अब यहि दशैँ अघि सार्वजनिक हुने उनले बताइन् ।
आफुलाई गीत संगीतमा पनि धेरै रुचि भएको उनले बताइन । पेशाले नर्स भएकोले गीत संगीतमा भने जस्तो समय दिन नपाएको उनी बताउँछिन । आफुलाई धेरै नेपालका गीत संगीतमा काम गरेका कलाकारहरुसगँ काम गर्न मन लागेको उनी बताउँछिन् । तर आफू त्यि स्तरसम्म पुगि नसकेको उनको भनाई छ । त्यो स्तरको गीत गाउन सक्छु होला र ? भन्ने आफुलाई लाग्ने गरेको उनी सुनाउँछिन् ।
आफुलाई निशान भट्टराईसगँ गीत गाउन मन भएको पनि उनले बताईन । तर त्यो अवसर होला कि नहोला त्यो थाहा नभएको तर यदि आफूलाई कोहिसफँ गीत गाउने मन छ भनेर कसैले सोध्दा आफुले लिने नाम निशान भट्टराई भएको उनी बताउँछिन । तर यदि त्यो मौका कतैबाट जुरेमा आफुले निशानसगँ गाउन सक्ने हो कि होइन भन्ने आफुलाई डर पनि लाग्ने गरेको उनी बताउँछिन । साथिहरुले मोटु भएर राखिदिएको नाम आफुलाई प्यारो लाग्ने उनको भनाई छ ।
भिडियो हेर्नुहोस…
प्रतिकृया दिनुहोस्