काठमाडौं, असोज ६ । जिल्ला प्रहरी कार्यालयले ५४ लाखबराबरको अवैध जडीबुटीसहित तीनजनालाई पक्राउ गरेको छ । प्रहरीले बेँसीसहर नगरपालिका ७ सहजीदेखि क्याम्पस रोडतर्फ जाने सडकबाट तीनजनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा मर्स्याङ्दी गाउँपालिका ६ बस्ने ४८ वर्षका आइतराम तामाङ, सोही स्थान घर भएका ३७ वर्षका रामबहादुर तामाङ र सोही स्थान घर भएका २४ वर्षका मीनबहादुर तामाङ रहेका छन् ।
गए राति सबा २ बजेको समयमा शंकास्पद रूपमा झोला भिरेर हिँडिरहेको अवस्थामा प्रहरी टोलीले जाँच गर्ने क्रममा उनीहरूको साथबाट पाँचऔँले १५ किलो ५ सय ग्राम र निरमसी १३ किलो ४ सय ग्राम बरामद गरेको हो ।
२९ किलो जडीबुटीको रकम अनुमानित ५४ लाख रुपैयाँ रहेको प्रहरीको अनुमान छ । पक्राउ परेका उनीहरूलाई मंगलबार नै कारबाहीका लागि डिभिजन वन कार्यालयमा बुझाइएको लमजुङका प्रहरीप्रमुख डिएसपी कृष्णबहादुर कार्कीले बताए ।
डिभिजन वन अधिकृत पूर्णेश्वर सुवेदीले प्रहरीबाट जडिबुटीसहित ३ जना मानिस प्राप्त भएको र आवश्यक अनुसन्धान गरी कारबाही प्रक्रिया अघि बढाइने बताए ।
डीएसपी कार्कीले अवैध जडिबुटी ओसारपसारलाई नियन्त्रण गर्न विशेष योजना बनाई जाँच अघि बढाएको बताए । ‘लमजुङ र मनाङको लेकाली क्षेत्रमा जडिबुटी पाइने ठाउँ रहेछ । यहाँबाट चोरी निकासी भइरहेको गुनासो आएपछि हामी योजना बनाएरै लागेका छौं’, उनले भने ।-नुवाकोटएक्सप्रेसबाट।
प्रतिकृया दिनुहोस्