Wednesday, October 27

‘तपाईहरूलाई बँ, चाउन सक्दो कोसिस गर्छौं, इन्धन सकेर धावनमार्गमा फम राखेर ल्याण्ड ग, राउँछौं’ जब एयर होस्टेजले रुँदै भने-हेर्नुहोस् (भिडियो सहित)

September 27, 2021 388

सोमबार बिहान सवा ८ बजे बुद्ध एयरको विमान ७३ जना यात्रु लिएर विराटनगरका लागि उड्यो । करिब एक घण्टा उडान समय रहेको विमान विराटनगरको आकाशमा निर्धारित समयमा पुग्यो पनि ।

जब पायलटले अवतरण गर्नअुघि ल्याण्डिङ गेयर झार्न खोजे, ल्याण्डिङ गेयर झरेन । समस्या देखियो । विमानले ७–८ पटक विराटनगरको आकाशमाथि फन्को मारिरह्यो । क्याप्टेन एजी शेर्पाले ल्याण्डिङ गेयर झार्ने प्रयास गरिरहे । तर, कुनै सिप चलेन ।

यो सबै हुँदा विमानमा रहेका यात्रुहरुलाई कुनै सूचना दिइएको थिएन । तर विमान ल्याण्ड नगरेपछि यात्रुले प्रश्न सोधेको सोही विमानमा रहेका एक यात्रु प्रताव लिम्बुले बताएका छन् । उनका अनुसार विराटनगरमा अवतरण गर्न नसकेपछि विमान काठमाडौँ डाइभर्ट गर्न लागेको सूचना भने यात्रुहरुलाई दिइयो ।

विमान डाइभर्टको सूचना सुनाइएपछि यात्रुहरुमा रुवाबासी चलेको लिम्बुले बताए । उनले आफ्नो मनमा उब्जिएको त्रासदीपूर्ण भावना व्यक्त गर्दै भने, ‘विराटनगरमा त्यति डर लागेको थिएन ।

क्याप्टेनले ६–७ पटक प्रयास गर्नु भयो । नसकेपछि काठमाडौँ डाइभर्ट गर्नुभयो । तर, जब काठमाडौँको आकाशमा पनि ८–९ पटक फन्को मार्‍यो अनि मन चिसो भयो ।’ उनका अनुसार काठमाडौँको आकाशमा आइसकेपछि यात्रुहरु रुन थालिसकेका थिए ।

कसैले झ्याल खोलिदिन आग्रह गरिरहेका थिए ।यात्रुहरुमा रुवाबासी चलेपछि एयरहोस्टेजहरु उनीहरुलाई सम्झाउने प्रयासमा लागेका थिए । तर, उनीहरुको आँखा पनि आँशु देखिएको लिम्बुलृे बताए । उनले भने, ‘उहाँहरु (एयरहोस्टेज) ले सकेसम्म बचाउँछौँ भन्नुहन्थ्यो ।

इन्धन सक्ने प्रयास भएको र इन्धन सकिएपछि ल्याण्ड गर्ने बताउनु हुन्थ्यो । उनीहरुको आँखा पनि आँशु थियो ।’काठमाडौँको आकाशमाथि विमानलले फन्को मार्दा आफूले झ्यालबाट विमानस्थलमा सुरक्षाकर्मी तयारी अवस्थामा रहेको देखेको लिम्बुले बताए ।

त्यसपछि भने निकै डर लागेको र जीवन नै सकिएको जस्तो लागेको उनले बताए । यसपछि भने आफूले घरमा ‘बाँचे भेटौँला’ भन्दै मोबाइलबाट एसएमएस पठाएको बताए ।विमान भित्रको यो त्रासदीपूर्ण वातावरणका बीच काठमाडौँको आकाशमा १० फन्को मारिसकेपछि विमानको ल्याण्डिङ गेयर झर्‍यो ।

विमान सहजरुपमा अवतरण भयो ।बुद्ध एयरले सार्वजनिक गरेको भिडियोमा विमान अवतरण गर्दा विमानस्थलमा उद्धारका लागि तयारी अवस्थामा रहेका सुरक्षाकर्मीले ताली बजाएर खुशी साटेको देखिन्छ । यात्रुहरुले भने पुनर्जीवन पाएको प्रतिक्रिया दिएका छन् ।भिडियो

प्रतिकृया दिनुहोस्