सोमबार बिहानै अप्सरा…को फोनमा एक मेसेज आयो। भनिएको थियो, ‘बधाइ छ अप्सरा, तपाईं को-भि’ड–१९ युनिफाइड केन्द्रीय अस्पतालमा स्टाफ नर्सको पोस्टका लागि सफलतापूर्वक छनोट हुनुभएको छ।’ सूचनामा उनको रजिस्ट्रेसन नम्बर पनि दिइएको थियो ।
र, आफ्नो सिभी लिएर २७ सेप्टेम्बरअगाडि वीर अस्पतालको मानव स्रोत विभागमा सम्पर्क राख्न पनि भनिएको थियो। मसेज देखेर उनी छक्क परिन्। जबकि त्यो परीक्षा उनले दिएकै थिइनन्। केही दिनअघिमात्रै को-भि’ड–१९ युनिफाइड केन्द्रीय अस्पतालका माग गरिएकोस्टाफ नर्सको छनोट प्रक्रिया नै स्थगित गरेको सूचना वीर अस्पतालले जारी गरेको थियो।
उनले तत्काल अस्पताल प्रशासनमा फोन गरिन्। उनीमात्रै होइन, आवेदन दिएका अन्यलाई पनि यस्तै मेसेज गएको थियो र उनीहरुले पनि अस्पताल प्रशासनमा फोन गरेका थिए। वीर अस्पतालले को’रोना संक्रमितको उपचार तथा हेरचाहका लागि केही समयअघि करारमा भन्दै ५० जना स्टाफ नर्स मागेको थियो।
जसमा तीन हजारभन्दा बढीले आवेदन दिएका थिए। पछिल्ला केही दिनयता को’रोना संक्रमितको चाप घट्दै गएकाले छनोट प्रक्रिया स्थगित भएको अस्पतालका प्रमुख प्राडा भुपेन्द्र बस्नेत बताउँछन्। ‘अस्पताल प्रशासनले बि’रामीको संख्या घट्दै गएपछि छनोट प्रक्रिया स्थगित गरेका थियौं।
तर, हिजो सयौं संख्यामा पास भएको सूचना गएको पाइएको छ,’ डा. बस्नेतले भने,’ जुन गलत सूचना हो।’ ३७८८८ नम्बरबाट दर्ता नम्बरसहित नाम उल्लेख गरेर छनोट भएको मेसेज गएको देखिएको डा. बस्नेतले बताए। ‘भ्रम फैलाउनेको खोजी भइरहेको छ।
जसका लागि केन्द्रीय अनुसन्धान ब्युरो निवेदन दर्ता गर्न लागेका छौं,’ उनले भने। हाललाई स्थगित गरिएको परीक्षा पुनः कोभिडको चाप ब’ढेपछि खण्डमा प्रक्रिया सुरू गर्ने डा. बस्नेतले बताए। संक्रमितको चाप नभएकाले अहिले स्टाफ नर्स आवश्यक नपरेको अस्पताल प्रशासनले जनाएको छ।
को’रोना संक्रमितको उपचार तथा हेरचाहका लागि बढीमा ६ महिनाका लागि पाचौं तहका ५० जना नर्सका लागि भदौ २१ गते विज्ञापन प्रकाशित गरिएको थियो।-गन्डकीछड्केबाट।
प्रतिकृया दिनुहोस्