Wednesday, October 27

”बिहानै लेखेका थिए यस्तो स्ट्याटस”- अल्पआयूमै अस्तायो एउटा ‘चम्किलो तारा’,…

October 2, 2021 361

तुलसीपुर । लोकप्रिय कार्यक्रम प्रस्तोता तथा सञ्चारकर्मी हेमप्रकाश वलीले नि’धन भएको छ । शुक्रबार दिउँसो उपचारका क्रममा बाँकेको कोहलपुर मेडिकल कलेजमा वलीको मृ’त्यु भएको पारिवारीक स्रोतले जानकारी दिएको छ ।

करिब एक महिना अगाडिसम्म वली तुलसीपुरस्थित एसटीएन टेलिभिजन च्यानलमा बसह मुलक कार्यक्रमका प्रस्तोता थिए ।वलीले रेडियो तुलसीपुरमा लामो समय काम गरेका थिए । सुरुवाति दिनमा उनी सांगेतिक कार्यक्रमका प्रस्तोता भएर धेरैको मन मु’टुमा बस्न सफल थिए ।

अघिल्लो बर्षसम्म पनि वली रेडियो तुलसीपुरमा समसामयिक बिषय बस्तुमा बिहान दैनिक हुने बहस मुलक कार्यक्रमका प्रस्तोता थिए । समाचार लेखन र बाचनपनि उनको राम्रो दख्खल थियो ।सुमधुर स्वरका धनि वलीको कार्यक्रम प्रस्तुति सैलीले उनलाई लोकप्रियताको शिखरमा पु¥याएको थियो ।

रेडियो स्थापना कालमा उनी स्रोता माझ निकै लोकपिय थिए । धेरै स्रोता उनको प्रस्तुति सैली र ओझिलो स्वरका फ्यान थिए । सुमधुर गीत संगीतका पारखी वलीको स्वरपनि मिठो थियो । भबिस्यमा गीत गाउने योजना बुन्दा बुन्दै उनको त्यो सपना अधुरै रहेको छ ।

काठमाडौंमा बस्दा समेत उनी मिडियादेखि टाढा रहन सकेनन् । उनले रेडियो स्टारमा समेत समाचार कक्षमा काम गरेका थिए । त्यहाँ रहँदा पनि उनी समाचार बाचन र लेखनको काम गर्थे ।त्यसपछि रोजगारीको खोजीमा कोरियासम्म पुगे । फर्किएर तुलसीपुर ६ मा घर निर्माण गरेपछि वली परिवार तुलसीपुर १० पढ्ढा गाँउबाट तुलसीपुरमा बसाई सरेको थियो ।

बिदेशमै छँदा वलीको पहिलो प’त्निसंग सम्बन्धमा द’रार पैदा भएको थियो । पछिल्लो समय वलीले दोस्रो बिबाह गरेका थिए ।तर, यही बीचमा बिगत केही बर्ष यता उनी डि’प्रेसनमा पुगे । उनले केही समय त्यसको औ’षधीपनि से’वन गर्ने गर्थे । केही समय पछि एक पटक परिवारले उनलाई सु’धार गृ’हमा पनि पठाए ।

पछिल्लो समय श्रीमतिसंगको झ’गडाले उनी का’रागार बस्नु परेको थियो । झ’रौटीमा नि’स्किएको हप्ता दिन नबित्दै शुक्रबार बिहान तुलसीपुरस्थित एक होटेलमा वलीले बि’षा’दी से’वन गरेको प्रहरीले जनाएको छ । त्यसैले उनलाई उपचारका लागि कोहलपुर लगिएको थियो ।

त्यही उपचारका क्रममा उनको मृ’त्यु भयो । पछिल्लो समय उनको प्रिय बस्तु मदिरा बनेको थियो ।पारिवारीक स्रोतका अनुसार वलीको पहिलो श्रीमति बाट एक छोरी र अहिलेको श्रीमतिबाट एक छोरा छन् । तर, पहिलो श्रीमति संग कुनै सम्पर्क र सम्बन्ध थिएन ।

बिहानै लेखेका थिए स्ट्याटस-वलीले शुक्रबार बिहानै आफ्नो फेसबुक वालमा आफ्नो प्रेम र प्रेमसम्बन्ध बारे भाबुक स्ट्याटस लेखेका थिए । जहाँ उनले प्रेम बिना आँफू बाँच्न नसकेको निस्कर्षमा उल्लेख गरेका छन् । ‘तिम्लाई समाजको लाजले घर आउन दिएन,

मलाई तिमि बिना समाजमा उपिस्थिति देखाउन आएन,’ उनले अगाडि लेखेका छन् ‘ आहा हाम्रो समाज प्रेम ।’ उनले अन्त्यमा आफ्नो प्रेमको नि’शानीलाई जहाँ हुनु पर्छ त्यही राखिदिन आग्रह पनि गरेका छन् ।त्यसमा उनले आफ्नो प्रेम सम्बन्ध, समाज र छोराको पनि कुरा उल्लेख गरेका छन् ।

पछिल्लो झ’गडा पछि वलीकी श्रीमति माइतीमा बस्दै आएकी थिइन । त्यसैले सानो छोरापनि प्राय आमा संगै बस्दै आएका थिए । तर, केही दिन अगाडि भेट हुँदा वलीले बाबुलाई बिद्यालयबाट आँफूले पनि माया लागेर घरमा लैजाने गरेको बताएका थिए ।-इसिधाकराबाट

प्रतिकृया दिनुहोस्