काठमाडौं । सरकारले शनिबारदेखि काठमाडौंमा दशैंका लागि खसीबोकाको बिक्री शुरु गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि सुपथ मूल्यमा खसीबोकाको बिक्री शुरु गरेको हो ।
खाद्यको थापाथलीमा रहेको प्रधान कार्यालयबाट खसीबोका बिक्री शुरु गरिएको हो । शनिबार मकवानपुर र दाङबाट गरी ५ सय ३० खसीबोका आइपुगेको खाद्य कम्पनीले जनाएको छ ।खसीबोकाको खरिद मूल्य प्रतिकिलो अधिकतम ५६५ रुपैयाँ तोकिएको छ ।
बिक्री मूल्य प्रतिकिलो ६४० रुपैयाँ निर्धारण गरिएको छ ।गत वर्षको दशैंमा कम्पनीले प्रतिकिलो ५५० रुपैयाँमा खसीबोकाको बिक्री वितरण गरेको थियो । जुन, यो वर्षकोभन्दा ९० रुपैयाँले सस्तो हो । मासु व्यवसायीहरुले पनि दशैंका लागि मुल्य निर्धारण गरेका छन् ।
खसीको आन्द्राभुडी राखिएको मासु प्रतिकिलो एक हजार, बोसो राखिएकाको एक हजार २ सय र ह्याकुलासहितको मासुको मूल्य एक हजार तीन सय रुपैयाँ निर्धारण गरिएको छ । कुखुराको मासु प्रतिकिलो तीन सय, राँगा र बंगुरको मासु पाँच–पाँच सय रूपैयाँ तोकिएको छ ।
प्रतिकृया दिनुहोस्