Tuesday, March 21

१२ बजे राती चिहान खन्ने झाक्रीलाई सर्पले टोक्नुको रहस्य खुल्यो,देउताको अर्को रु,प आउँछ भन्दै डिबि रोए (भिडियो सहित)

October 16, 2021 3202

केही समय अगाडि बाट धेरै चर्चामा आएका भाइरल झाक्री, कृष्ण घतानीको निधन भएको छ । निधन हुनेमा फुङलिङ नगरपालिका ९ हाङदेवा निवासी लक्ष्मी घतानीका छोरा भाइरल झाँक्री नामले परिचित २५ वर्षीय कृष्ण बहादुर घतानी रहेका छन् । उनको जिल्ला अस्पताल ताप्लेजुङमा आज (शनिबार) विहान करिब २ बजेर ३१ मिनेटमा निधन भएको प्रहरी नायब उपरीक्षक बालनरसिंह राणाले जानकारी दिनुभयो ।

प्रनाउ राणाका अनुसार २ बजे अस्पताल भर्ना गरि उपचारकै क्रममा निधन भएको हो । उनको शव आफन्तलाई जिम्मा लगाइएको अस्पतालले जनाएको छ ।

पुर्व सांसद सञ्चपाल मादेनका अनुसार घतानीलाई करिब हिजो बेलुकी ८ बजे सर्पले दाहिने हातको हत्केलामा डसेको थियो । सर्पले डस्नसाथ झारफुक गर्नका लागि एक जना साथी सहित बाइकमा पुजारी कहाँ गएको र बीचबाटोमै बाइक विग्रिएपछि पैदल मार्फत गएका थिए । झारफुक पश्चात पनि स्वास्थ्यमा थप समस्या देखिन थालेपछि अस्पताल लानका लागि गाडी समयमै नभेटिएको मादेनले बताउनुभयो ।

हिजो टीकाका दिने सबै चालक छुट्टीमा भएकाले समयमै गाडी नपाइएको हो । समयमै गाडी नपाइएकाले पनि ज्यान बचाउन नसकिएको आफन्तले बताएका छन् ।शवलाई भोलि असोज ३१ गते अन्त्यष्टि गर्ने पारिवारिक श्रोतले जनाएको छ ।

बाँकी तलको भिडियोमा हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्