Sunday, May 22

साफ च्याम्पिय, नसीपः नेपाल र भारतबीचको खेलको पहिलो हाफ बिनागोल (भिडियो सहित)

October 16, 2021 435

काठमाडौं– तेह्रौं संस्करणको साफ च्याम्पियनसीपको उपाधिका लागि नेपाल र भारतबीचको खेलको पहिलो हाफ गोलरहीत रह्यो । माल्दिभ्सको माले राष्ट्रिय फुटबल स्टेडियममा भएको खेलमा भारतका दर्जनौं प्रहारलाई नेपालले रोकेको छ ।

भारत लिग चरणको विजेताको रुपमा फाइनल पुगेको हो भने नेपाल उपविजेता बन्दै उपाधि भिडन्त तय गरेको हो ।

भारतले समूह चरणमा दुई जित र दुई बराबरीको नतिजा सहित ८ अंक बटुलेको छ । नेपालले २ जित, एक बराबरी र एक हारको नतिजा सहित ७ अंक प्राप्त गरेको छ ।
नेपाली टोलीको मुख्य खेलाडीको रुपमा अघि बढेका अञ्जन विष्टले भने आजको खेल खेल्न पाएनन् ।

भारत र बंगलादेशविरुद्धको खेलमा १-१ गरी दुईवटा पहेंलो कार्ड पाएपछि उनले फाइनल खेल गुमाए ।
प्रतियोगितामा दुई गोल गरिसकेका अञ्नको अनुपस्थितिले आजको फाइनल खेलमा नेपाललाई घाटा हुन सक्ने अनुमान गरिएको छ ।

भारतका फरवर्ड फारुख चौधरी चोटका कारण र प्रशिक्षक स्टिमाच र अन्य खेलाडी पनि रातो कार्डका कारण मैदान बाहिरै रहे ।

प्रतिकृया दिनुहोस्