Sunday, April 2

अभिनेता पल शाहले यसरी मनाए यसपालिको दशैं

October 17, 2021 1159

इटहरी/ हिन्दु नेपालिहरुको महान पर्व दशैको आज मुख्य दिन । आज देश बिदेशमा रहेका नेपालिहरुले दशैलाई उल्लासका साथ मनाइरहेका छन् । गएको वर्षमा झै यस वर्ष पनि दशै कोरोना प्रभावमै छ । तर, पनि मान्यजनको हातबाट टिका र आशिर्वाद थाप्नलाई कोरोना बिर्सिएका छन् । यता सेलेब्रेटीहरुको दशै पनि उल्लासमय नै देखियो ।

यसपालिको टीका साईत १० बजेर १ मिनेटमा मान्यजनको हातबाट टीका ग्रहण गरेपछि सेलेब्रेटिहरुले टिकापछिको तस्वीरलाई सामाजिक संजालमा सार्बजनिक गर्न थालिसकेका छन् । यता अभिनेता पल शाहले पनि आफ्ना परिवारका मान्यजनसंग टीका र आशिर्वाद लिएपछी तस्विरहरु आफ्नो सामाजिक संजालमा सार्बजनिक गरेका
छन् ।

नेपालीहरूको महान् चाड बडादसैको दसौँ अर्थात् मुख्य दिन आज आफ्ना मान्यजनबाट टीका तथा जमरा लगाई हर्षोल्लासका साथ विजयादशमी पर्व मनाइँदैछ । विजयादशमीका दिन आज बिहान ८ः१९ बजे देवी विसर्जन र बिहान १०ः०२ बजे टीका लगाउनका लागि शुभ रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए।

विजयादशमीका दिन आज दिनभर देवीको प्रसाद लगाउने साइत भए पनि दिनभरमध्येमा राम्रो समयको साइत १०ः०२ बजेको दिइएको उनले बताए । “अत्यावश्यक परेकाले देवी विसर्जन गरेपछि टीका लगाउन हुन्छ, १०ः०२ बजेको साइत नै कुर्नुपर्दैन, देवी विसर्जनसम्म पनि कुर्न नसकिने अवस्था छ भने सूर्योदयपछि देवी विसर्जन गरेर टीका लगाउन हुन्छ”, अध्यक्ष अधिकारीले भने ।

प्रतिकृया दिनुहोस्