Wednesday, June 7

अनौठो घटना धनकुटामा : श्रीमानको मृ, त्युको खबर सुन्नासाथ श्रीमतीको पनि नि, धन

October 24, 2021 1304

धनकुटा । मृत्यु यति अनौठो छ की जो मान्छेपिच्छे फरक छ । कसैको दुखद निधन हुन्छ भने कसैको महाप्रस्थान हुन्छ । धनकुटाको सागुरीगढी गाउँपालिका वडा नं १० आहालेमा एउटा यस्तै घटना भएको छ ।

खोलाले बगाएर श्रीमानको मृत्यु भएको खबर सुनेपछि पीडा सहन नसकी श्रीमतीको पनि निधन भएको छ। सागुरीगढी गाउँपालिका वडा नं १० आहाले नेपाली कांग्रेसका सभापति झगेन्द्र राई कार्तिक २ गते आहालेबाट धरानतर्फ आउँदै गरेको बेला बेपत्ता भएपछि खोजतलास गर्ने क्रममा कार्तिक ३ गते साँझ बैरे खोलाले बगाएर मृत अवस्थामा फेला परेका थिए।

फेला परेका राईको लाश धरानस्थित वि पि कोरइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरी धरानको हरीयाली जंगलमा नेपाली काङग्रेस धनकुटाका नेताहरुले पार्टीको झण्डा ओढाएर सम्मान गरी अन्त्येष्टी गरेका छन्।

तर त्यो खबर पाउनासाथ श्रीमतीकोपनि निधन भएको छ । उनलाई हार्ट अट्याक भएको अनुमान गरिएको छ । राई नेपाली कांग्रेसको १४ औ महाधिवेशन अन्तर्गत गत महिना वडा अधिवेशनको क्रममा सागुरीगढी वडा नं १० बाट कांग्रेसको वडा सभापतिमा निर्वाचित भएका थिए।

श्रीमानको निधनको पीडा सहन नसकी उनकी धर्मपत्नी अनु राईको समेत ह्रदयघात भई निधन भएकोले श्रीमान श्रीमतीको एकै साथ अन्त्यष्टी गरिएको नेपाती कांग्रेस धनकुटाले जनाएको छ।

प्रतिकृया दिनुहोस्