Saturday, June 3

विराटनगरमा घट्यो यस्तो घटना , सीसी टिभीमा देखियो यस्तो (भिडियो सहित)

October 25, 2021 976

विराटनगर, ८ कात्तिक । पछिल्लो समय विराटनगरमा श्रृङ्खलाबद्धरुपमा चोरीका घटनामा बृद्धि भएको छ । चाडपर्वको समयमा यतिबेला विराटनगरमा दिनहुँ चोरीका घटनामा बृद्धि हुन थालेको हो । सोमबार विहान पनि विराटनगरमा एउटा साइकल चोरी भएको छ ।

विराटनगर बाटारोडस्थित कृष्णा प्रिन्टर्स अगाडीबाट साइकल चोरी भएको हो । घरमा दुध दिन आएका व्यक्तिको साइलक घर अगाडीबाटै चोरी भएको कृष्णा प्रिन्टर्सका मन अटलले बताए ।

उनले घरमाथि दुध दिन आएको मौका छोपेर साइकल चोरी भएको बताए । साइकल चोरीएको घटना सिसिटिभि फुटेजमा कैद भएको छ । यस अघि शनिबार राति विराटनगर शनिमन्दीर स्थित एक मोबाइल पसलमा चोरी भएको थियो ।

त्यसको एक दिन अघि पनि विराटनगर हिमालय रोडको एउटा मोबाइल पसलमा चोरी भएको थियो । केहीदिन अघि लुटेराको समुहले मोरङको धनपालथान गाउँपालिकाको कर्सियास्थित सिटिजन्स बैंकको शाखामा लुटपाट गरेको थियो ।

सोही समुहले विराटनगर मेनरोडस्थित कोटेक्स कपडा पसलमा पनि पेस्तोल देखाएर लुटपाट गरेको थियो ।-हाम्रोबिराटनगरबाट।

भिडियो हेर्नुहोस्..

प्रतिकृया दिनुहोस्