Wednesday, June 7

बधाई ! दोहोरी च्याम्पियनको उपाधी :प्रकाश पराजुली र मिना बुढाथोकीलाई

October 30, 2021 856

काठमाडौं। नेपालको चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधी प्रकाश पराजुली र मिना बुढाथोकीले जितेका छन् । पोखराको लेकसाइडमा साँझ ४ः३० बाट सुरु भएको फिनाले भरखरै समापन भएको हो ।

‘प्रतिस्पर्धा दोहोरीको,संरक्षण संस्कृतिको’ भन्ने नाराका साथ सुरु गरिएको भएको रियालिटी शोको फिनालेमा प्रकाश पराजुली र मीना बुढाथोकीको समूहसँग बालचन्द्र बराल र शोभा कार्कीको समूह प्रतिस्पर्धामा रहेको थियो । ‘दोहोरी च्याम्पियन’मा उपाधिका लागि यी दुई समूहबीच प्रतिष्पर्धा भएको थियो ।

नेपाल टेलिभिजनको आयोजनामा सुरु गरिएको यो शो को तृतीय स्थानका लागि सविन आचार्य र रीता रावतको समूहसँग राजेन्द्र पाठक र मीना नेपालको समूह प्रतिस्पर्धामा रहेको थियो ।

उपाधिका लागि सर्वसाधारणले साँझ ६ बजेसम्मका लागि भोटिङ गर्न पाउने व्यवस्था मिलाइएको थियो । दर्शकले गरेको भोटको आधारमा विजेता छनोट गरिएको हो ।

उपाधि जित्ने समूहले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गर्नेछ। त्यस्तै, दोस्रो हुने समूहले १० लाख रुपैयासँगै ५० लाख बराबरको जीवन बीमा प्राप्त गर्नेछ। तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गर्नेछन्।

फिनालेमा चर्चित गायक–गायिकाहरूको उपस्थितमा कार्यक्रममा समापन भएको हो ।

प्रतिकृया दिनुहोस्