Sunday, November 27

आज घट्यो सुनको मुल्य, हेर्नुहोस् कतिमा हुँदैछ त कारोबार ?

November 9, 2021 898

काठमाडौँ । साताको तेस्रो दिन अर्थात आज (मंगलबार) नेपाली बजारमा सुनको मूल्य केही घटेको छ।

हिजो तोलामा १ हजार ५ सय रुपैयाँले बढेको सुनको भाउ आज भने प्रतितोला २ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। छापावाल सुन सोमबार प्रतितोला रु ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले अन्तर्राष्ट्रिय बजारमा कारोबार भएको सुनचाँदीको कारोबार मूल्यका आधारमा दैनिकरुपमा सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ।

महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कानुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। आज तेजावी सुन प्रतितोला रु ९१ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार रुपैयाँ रहेको थियो।

सुनको भाउ घटेपनि आज चाँदीको भाउ भने स्थिर छ । महासङ्घका अनुसार आज चाँदीको मूल्य प्रतितोला रु एक हजार २५० रहेको छ । मंगलबार पनि चाँदी यही मूल्यमा कारोबार भएको थियो।

प्रतिकृया दिनुहोस्