Saturday, April 1

ज्ञानेन्द्र शाही सर्वोच्चमै पुगेर न्यायाधीशहरुलाई यसरी थ’र्काए, हेर्नुहोस्(भिडियो सहित)

November 11, 2021 818

पछिलो समय सर्वोच्च अदालतको बिषयलाई लिएर थुप्रै चर्चा हुने गरेको छ । अझ भनौ अहिले नेपालको पुरै राजनीति सर्वोच्च अदालतकै विषयमा केन्द्रित भएको छ । त्यसै घटनाको बारेमा पत्रकार सम्मेलनमा बोल्दै सामाजिक अभियान्ता ज्ञानेन्द्र साहीले सर्वोच्च अदालत कोहि ब्याक्तीको नभएर सम्पुर्ण नेपालिको आस्थाको केन्द्रसगँ जोडिएको भन्दै त्यसलाई कसैले आफ्नो मुठ्ठीमा लिन खोजे त्यो दुर्भाग्यपुर्ण हुने चेतावनी दिएका छन । सम्पुर्ण जनताले न्याय खोज्ने ठाउँ सर्वोच्च अदालतमा कसैले आफ्नो अपराध लुकाउने थलो बनाउन नखोज्न उनको चेतावनी थियो ।

राजनैतिक भागबन्डामा न्यायाधीश बनेकाहरुलाई कार्यलय सहयोगी भन्दै अभियान्ता ज्ञानेन्द्र शाहिले कुनै पनि कार्यलय सहयोगिले आफ्नो हाकिमको राजिनामा माग गर्ने अधिकार कहि कतै नभएको पनि बताए । राजनैतिक भागबन्डा नमिलेर न्यायलयलाई बन्धक बनाउने अधिकार कसैलाई नभएको उनको जिकिर छ । हिजोका दिनमा एमाले लगायतका राजनैतिक दलबाट चुनाव हारेकाहरु अहिले वकिल बनेर प्रधानन्यायाधीशको राजिनामा माग्नुले स्वतन्त्र न्यायलयको गरिमामा आचँ आउने काम गरेको उनको आरोप छ ।

कुनै पनि ब्यावसायिक वकिलले प्रधानन्यायाधीशको राजिनामा माग्ने कहि कतै अधिकार नभएको उनको भनाई छ । साथै न्यायलयको कामकाज ठप्प पार्दै आन्दोलन गर्ने सरकारी वकिल तथा न्यायाधीशहरुलाई जनताले तिरेको कर बाट लिइने सरकारी सेवा सुबिधा त्याग्न पनि उनले अनुरोध गरेका छन । निजि स्वार्थका लागि तथा दलिय स्वार्थका लागि कुनै पनि सार्वजनिक तथा सरकारी स्थानमा अबरोध गर्नेलाई सजायको ब्यावस्था कानुनमा भएकोले उनिहरुलाई सजाय हुनु पर्ने उनको भनाई रहेको छ ।

यसरी अबरोध गर्ने हो भने राजीनामा दिएर घर जान पनि उनले आग्रह गरे । आफू काम नगर्ने हो भने त्यो ठाउँमा अरु नै आएर काम गर्ने भन्दै न्यायाधीश र वकिलहरुलाई राजिनामा दिएर बस्न उनले सुझाव दिएका छन । तर न्यायलयलाई बन्धक बनाउन भने कसैले नपाउने उनको भनाई छ । प्रधानन्यायाधीशको राजिनामा माग्ने पनि कानुनी प्रक्रिया रहेको भन्दै त्यही प्रक्रियाबाट अगाडि बढ्न उनले सुझाव दिए । प्रक्रिया मिचेर अदालतलाई बन्धक बनाउने कसैलाई पनि छुट नभएको उनको भनाई छ ।

न्यायाधीश तथा वकिल बनेपछी राजनैतिक दलका नेता र उनिहरुको पार्टी कार्यलय धाउने काम बन्द गर्न पनि उनले सुझाव दिए । अन्यायमा परेकाहरुको मुद्दाको फैसला हुन वर्षौ लाग्ने गरेको अवस्थामा अझ यसरी बन्धक बनाएर काम गर्न नदिने हो भने काम नगर्नेले तलब सुबिधा पनि त्याग्नु पर्ने उनको भनाई छ । न्यायाधीश तथा वकिलको कुनै कमि नभएको भन्दै काम गर्न मन नभए घर गएर बस्न पनि उनले भनेका छन । अदालत कसैको पेवा नभएको भन्दै त्यहाँ भित्र राजनीति बन्द गर्न उनको सुझाव छ ।

भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्