Wednesday, June 7

आज घट्यो सुनको मुल्य , तोलामा कति घट्यो त ? हेर्नुहोस्

November 17, 2021 778

काठमाडौं-साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो ।

बुधबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटको छ । बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ ।

त्यस्तै नेपाल राष्ट्र बैंकले बुधबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८ रुपैयाँ ७० पैसा र बिक्री दर ११९ रुपैयाँ ३० पैसा कायम गरेको छ । युरोपियन यूरो एकको खरिद दर १३४ रुपैयाँ ८७ पैसा र बिक्री दर १३५ रुपैयाँ ५५ पैसा छ ।

यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ ८१ पैसा र बिक्री दर १६० रुपैयाँ ६१ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १२८ रुपैयाँ ०१ पैसा र बिक्री दर १२८ रुपैयाँ ६६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ १३ पैसा र बिक्री दर ८७ रुपैयाँ ५७ पैसा छ ।

क्यानेडियन डलर एकको खरिद दर ९४ रुपैयाँ ७७ पैसा रहेको छ भने बिक्री दर ९५ रुपैयाँ २५ पैसा छ । जापानी येन आज १० को खरिद दर नेपाली १० रुपैयाँ ३९ पैसा र बिक्री दर १० रुपैयाँ ४५ पैसा रहेको छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ५९ पैसा र बिक्री दर १८ रुपैयाँ ६९ पैसा रहेको छ राष्ट्र बैंकले जनाएको छ ।

यस्तै, साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६४ पैसा र बिक्री दर ३१ रुपैयाँ ८० पैसा रहेको छ भने कतारी रियाल एकको खरिद दर ३२ रुपैयाँ ५९ पैसा र बिक्री दर ३२ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ६४ पैसा रहेको छ ।

प्रतिकृया दिनुहोस्