Monday, January 17

HIV पोजेटिभ आमाछोरीको संसार रुहाउने काहानी ,सानो छाप्रोमा यस्तो अवस्थामा भेटिए (भिडियो सहित)

November 26, 2021 216

यो सानो टिनले बेरेको छाप्रोमा दुई आमाछोरी एलिसा कोइराला र सञ्चिता बस्छन् । तर दुबै जनामा HIV पोजेटिभ छ । अहिले काखमा यी सानी नानी । आर्थिक अवस्था पनि दहनिय।

मात्र १३ महिनाकी यी सानी नानीलाई के थाहा आफुलाई जन्मजात HIV पोजेटिभ छ भनेर । त्यसैले आफ्नी आमाको काखमा उनी रमाइ रहेकी छन्। यी सानी नानीको नाम सञ्चिता तर जन्मदै HIV पोजेटिभ छन् । उनकी आमालाई पनि पोजेटिभ छ बेलाबेला आफुलाई निकै गाह्रो हुन्छ त्यसैले उनी भन्छीन् म अब धेरै बाँच्दिन होला।

सञ्चिताको आमाले पहिलो श्रीमान बितेपछी दोस्रो बिहे गरेकी हुन दोस्रो बिहे गरे पछी एउटी छोरीको जन्म हुन्छ तर बिडम्बना दोस्रो श्रीमानले पनि छोरी जन्मेको ३ महिनामै छोडेर हिडे। छोरी जन्मेको १ महिनामा नै छोरीलाई ज्वरो आउने जाति नहुने भएकोले सञ्चितालाई अस्पतालमा HIV पोजिटिभ रहेको मेडिकल रिपोर्टमा देखाउछ। त्यसपछी आमालाई पनि पोजेटिभ नै देखाउछ सञ्चिताको आमाले तलको भिडियोमा बताएकी छन् ।

आर्थिक अबश्था निकै कम्जोर श्रीमानले पनि छोडेर गए पछी बिहान बेलुकाको छाक टार्न नजिकको बङ्गुर फाममा काम गर्छीन्।

बिहान बेलुका छाक टार्नलाई भनेर यो परीवारले निकै संघर्ष गरिरहेको छ भने कहाँबाट उपचार खर्चको व्यवस्था गर्ने ? कृपया यसै बिषयमा अरुन पोष्ट टीभीका पत्रकार प्रकाश लिङ्गदेनले तयार पारिएको अन्तरवार्ता तल प्रश्तुत गरिएको छ,हेरेर आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।

बाँकी तलको भिडियो हेर्नुहोस्।

प्रतिकृया दिनुहोस्