सौराहा- ११ महिनाको छोरी काखमा च्यापेर डोल्पाबाट नेपालगञ्ज हुँदै सौराहा आइपुगेकी छन् ३१ वर्षीया सबिताकुमारी रोकाया। उनी १० वर्ष भयो एमालेमा लागेकी। अध्यक्ष केपी ओलीले देशको मुहार फेर्छन् भन्नेमा विश्वास राख्छिन्।
डोल्पा मोडकेच्चुलाकी उनी स्थानीय पालिकाको उपाध्यक्ष पनि हुन्। ‘गाह्रोसाह्रो अवस्था जे भए पनि महाधिवेशनमा सहभागी हुन आइपुगेकी छु,’ यी महाधिवेशन प्रतिनिधिले देशसञ्चारसँग भनिन्। उनले केपी ओलीलाई जसरी पनि जिताउनुपर्ने बताइन्। ‘केपी ओलीलाई जिताउँदा आनन्द आउँछ,’ उनले भनिन्। बर्षा शाह/देशसञ्चार
यो पनि –एमाले केन्द्रीय कमिटिको निर्वाचनका लागि केन्द्रीय निर्वाचन आयोगले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको छ।निर्वाचनको परिमार्जित कार्यतालिकाअनुसार मंगलबार बिहान २ बजेदेखि ८ बजेसम्म मतदानको कार्यक्रम छ।
विद्युतीय मेसिनबाट मतदान हुने भएकाले मतदान सकिएको केही बेरमै अन्तिम नतिजा प्रकाशित हुनेछ।
प्रतिकृया दिनुहोस्