Tuesday, June 28

चर्चित प्रस्तोता रमेश प्रसाई र नन्दालाई पहिलो सन्तान प्राप्त, रमेश जस्तै राम्री-दिपाश्री पनि पुगिन् भेट्न भिडियो हेर्नुहोस्

November 30, 2021 361

काठमाडौ । चर्चित प्रस्तोता रमेश प्रसाई र उहाँकी श्रीमती नन्दा सिंह प्रसाईलाई पहिलो सन्तान प्राप्त भएको छ । एक अर्कामा बैबाहिक जीवनमा बाधिएको करिब डेड बर्षपछि उहाँहरुलाई पुत्री लाभ भएको हो । घरमा पहिलो सन्तानको रुपमा लक्ष्मी आएको भन्दै रमेश र श्रीमती नन्दाले खुशीयाली मनाउनुभएको छ ।

उहाँहरुलाई दुनियाँभरीबाट बधाई आइरहेको छ । बैबाहिक जिवनमा बाधिएको केहि समय पछि बिभिन्न मिडिया तथा अनलाइन पत्रपत्रिकाहरु नन्दा सिह गर्भवती भएको भन्दै समाचारहरु सम्प्रेसण गरेका थिए। आज मिति २०७८ साल ८ महिना १४ गते बिहान रमेश प्रसाइलाइ पुत्री लाभ भएको छ।

थुप्रै फ्यानहरुले बधाई दिइरहेका छन्। बिभिन्न माध्यमबाट बधाईको ओइरो आइरहेको छ । नेता, बुद्धीजीवि, पत्रकार, कलाकारहरु लगायत आमा मानिसहरुले उहाँहरुलाई बधाई दिनुभएको छ । रमेश प्रसाई र नन्दा सिह दुवै आँखा देख्न सक्नुहुन्न यहाँहरु सम्पुर्णलाइ थाहानै छ। धेरै दर्शकहरुको मनमा बस्न सफल रमेश र नन्दालाई हाम्रो तर्फबाट हार्दिक बधाई व्यक्त गर्न चाहन्छौ। तपाईहरुकोपनि शुभकामनाको अपेक्षा राख्दछौ ।

को हुन् रमेश प्रसाई

संस्थागत भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार रवि लामिछाने अहिले चर्चाको शिखरमा हुनुहुन्छ ।

रमेश प्रसाईपनि यही धारको व्यक्तित्व हो । उहाँ अहिले रविसँगै काम गरिरहनुभएको छ । गौतम बुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशाला अन्तराष्ट्रिय स्तरको क्रिकेट रंगशाला बनाउने लक्ष्यका साथ अघि बढिरहेको धुर्मस–सुन्तली लगायत अहिले रवि लामिछानेसँगै रमेशपनि यो अभियानमा हुनुहुन्छ । पछिल्लो समयमा उहाँहरुले गरेका काम हरुलाइ मध्य नजर राख्दै लाखौ नेपालीहरुका ढुक ढुकी बन्नुभएको छ ।

सामाजिक सञ्जालमा अहिले धरानका रमेश प्रसाईको नाम निकै नै लोकप्रिय भइरहेको छ। शारीरिक अपाङ्गता भएका उहाँले सामाजिक सञ्जालमा सामाजिक तथा राष्ट्रिय मुद्दामा आफ्ना विचारहरु राख्ने गर्नुहुन्थ्यो। उहाँले पब्लिक स्पिकर सिजन २ मा उपाधि समेत जित्नुभएको छ ।

रमेश प्रसाई स्नातक तहका विद्यार्थी हुनुहुन्छ । उहाँ धरानको रेडियो गणतन्त्रमा कार्यक्रम सञ्चालक हुँदै अघि बढुनुभएको कुशल पत्रकार हो । उहाँको आवाज श्रोतामाझ लोकप्रिय छ। रमेश प्रसाई कविता समेत लेख्ने गर्नुहुन्छ। कविता तथा अन्य माध्यमबाट आफ्ना विचारहरु राख्दा आफूभित्रको कुण्ठा बाहिर आउने उहाँ बताउनुहुन्छ ।

बोल्नमा माहिर उहाँले रेडियो कार्यक्रमहरु तथा इन्टरनेट र पुस्तकहरू मार्फत देशविदेशका खबरहरु जानकारी लिने गर्नुहुन्थ्यो । उहाँ आफू बोल्न कै लागि जन्मेको बताउनुहुन्छ । समाजमा केहि घटना घट्दा उहाँ तत्काल आफ्नो विचार राख्ने गर्नुहुन्छ ।

तलको भिडियोमा।

प्रतिकृया दिनुहोस्