Monday, June 27

ओखोप लगाएकालाई अस्ट्रेलियामा पनि देखियो मिक्रोन भेरियन्ट

December 1, 2021 577

सिड्नी / अस्ट्रेलियामा पनि कोभिडको ओमिक्रोन भेरियन्ट देखिएको छ । दक्षिण अफ्रिकाबाट सिड्नी आएका दुई यात्रुमा भाइरस देखिएको हो । उनीहरु दक्षिण अफ्रिकाबाट कतार एयरवेजको विमानमा दोहा हुँदै शनिवार सिड्नी विमानस्लमा उत्रिएका थिए ।

परीक्षणपछि उनीहरुमा कोभिड पोजेटिभ देखिएको थियो । संक्रमित दुबै जनाले पूर्ण खोप लगाएका थिए । सोही उडानमा दक्षिण अफ्रिकाबाटै आएका अन्य १२ यात्रुको पनि परीक्षण गरिएको थियो । तर, उनीहरुको रिपोर्ट नेगेटिभ भएको थियो । उनीहरु सबै जना क्वारेन्टिनमा छन् ।

त्यस्तै, विमानमा सवार २६० यात्रु र चालक दलका सदस्यहरुलाई आइसोलेसनमा बस्न भनिएको त्यहाँको स्वास्थ्य अधिकारीहरुले बताएका छन् ।

एजेन्सी

यो पनि…. इतिहासमा पहिलाे पटक अन्टार्टिकामा सफलापूर्वक विमान अवतर‍ण केप टाउन / इतिहासमा पहिलाे पटक अन्टार्टिकामा एउटा विमानले सफलापूर्वक अवतरण गरेकाे छ । एउटा व्यावसायिक एयर बस कम्पनीकाे ए ३४० विमान हिउँले ढाकेकाे धावनमार्गमा यसै महिनाकाे सुरुमा अवतर‌ण भएकाे हाे । विमानकाे पहिलाे अवतरणसँगै अन्टार्टिकामा पर्यटनका लागि बाटाे खुलेकाे छ ।

ए ३४०विमान नाेभेम्बर २ मा अफ्रिकाकाे राजधानी केप टाउनबाट अन्टार्टिकाका लागि उडेकाे थियाे । अन्टार्टिकामा पुग्न विमानले चार हजार ६३० किलाेमिटर उडेकाे थियाे ।

विमानका क्याप्टेन मिरपुरीका अनुसार विमान सफलतापूर्वक इतिहासमै पहिलाेपटक निलाे हिमनदीबाट बनेकाे धावनमार्गमा अवतरण गरेकाे थियाे । साे एतिहासिक उडानलाइ हाइ फ्लाइ बुटिक उड्यन कम्पनीले सञ्चालन गरेकाे थियाे । वुल्फ ग्याङ पर्वताराेहण क्याम्पले विमान चार्टड गरेकाे थियाे ।

सफल अवतर‌‍णसँगै साे विमानलाइ यस माैसममा पर्यटकहरुले प्रयाेग गर्नेछन् । विवरणअनुसार १९० टनकाे विमान धावनमार्गमा पुग्दा ककपिटमा डर बढेकाे थियाे ।
एजेन्सी

प्रतिकृया दिनुहोस्