Saturday, December 3

चिनियाँ वैज्ञानिकले को’भिड-१९ का सबै भेरियन्ट मा’र्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी

December 2, 2021 1230

काठमाडौं । चिनियाँ वैज्ञानिकले कोभिड-१९ का सबै भेरियन्टलाई सखाप पार्ने ‘एन्टिबडी’ पत्ता लगाएको दाबी गरेका छन् । ग्वाङजाओको सन यात्सेन र हाङजाओको झेजियाङ विश्वविद्यालयका वैज्ञानिक सहितको एक टोलीले कोरोनाका सबै भेरियन्टसँग प्रभावकारी रुपमा लड्न सक्ने एन्टिबडी पत्ता लगाएको आरटी डटकमले जनाएको हो ।

चिनियाँ वैज्ञानिकको उक्त अध्ययन मंगलबार प्रकाशित भएको थियो। अध्ययन अनुसार चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ नामक मोनोक्लोनल एन्टिबडीले को’भिड-१९ का सबै भेरियन्टलाई सखाप पार्न सक्छ। ल्याबमा गरिने भिट्रो परीक्षण र जीवित प्राणीमा गरिने भिभो परीक्षणपछि ‘३५बी५’ एन्टिबडीले उत्परिवर्तित नभएका र चिन्ताको विषय बनेका उत्परिवर्तित भेरियन्ट विरु’द्ध प्रभावकारी रुपमा काम गर्ने चिनियाँ वैज्ञानिकको दाबी छ ।

समाचार अनुसार मानव कोष प्र’त्यारोपण गरिएका मु’सामा भिभो परीक्षण गरिएको थियो । ‘३५बी५’ एन्टिबडीले भारतमा भेटिएको निकै संक्रामक डेल्टा भेरियन्ट विरु’द्ध समेत काम गर्ने वैज्ञानिकले बताएका छन् ।

‘उत्परिवर्तन हुने भागलाई छल्ने एपिटोप (एन्टि बडी जोडिने एन्टिजेन अणुको भाग) माथि हमला गर्दै ३५बी५ एन्टिबडीले को’भिड-१९ लाई सखा’प पार्छ’, अध्ययनमा भनिएको छ । अर्थात् अर्को शब्दमा भन्दा यो एन्टिबडीले उत्परिवर्तन प्रक्रियाका क्रममा कुनै फेरबदल नहुने भाइरसको विशिष्ट भागलाई निशाना बनाउने क्षमता प्रदर्शन गरेको छ ।

चिनियाँ वैज्ञानिकले पत्ता लगाएको ‘३५बी५’ एन्टि बडीले निशाना बनाउने एन्टिजेन हालै पहिचान गरिएको ओमिक्रोन भेरियन्टमा पनि रहेको अनुसन्धान कर्ताको भनाइ छ ।त्यस्तै, वैज्ञानिकहरूले पछिल्लो अनुसन्धानको निष्कर्षलाई को’भिड-१९ विरुद्ध सर्वव्यापी खोप विकासमा उपयोग गर्न सकिने तर्क गरेका छन् । चिनियाँ वैज्ञानिको पछिल्लो अनुसन्धानले विशेषगरी उत्परिवर्तन क्षमता उच्च रहेको ओमिक्रोन फैलिइरहेको अवस्थामा महत्व राख्ने बताइएको छ ।-गण्डकीछड्केबाट।

प्रतिकृया दिनुहोस्