Tuesday, June 28

छोराको विवाहमा चार लाखमा हेलिकोप्टर चार्टर्ड ..

December 3, 2021 676

बारा। बाराको सिम्रौनगढ नगरपालिकाका जोगी साहले छोराको विवाहमा हेलिकोप्टर चार्टर्ड गरेर विवाह सम्पन्न गरेका छन्। जोगी बारा जिल्लाअन्तर्गत सिम्रौनगढ नगरपालिका र आर्दशकोतवाल गाउँपालिकाका ख्यातिप्राप्त खाद्यान्न ‘गोला’ व्यापारी हुन्।

सिम्रौनगढ नगरपालिका–१० देवापुर टेटाका साहले २१ वर्षीय छोरा बिर्जु साहको विवाहका लागि हेलिकोप्टर चार्टर्ड गरेका थिए। बिर्जुको रौतहटको गरुडास्थित जोगिन्द्र साह तेलीकी छोरी सङ्गीता साह तेलीसँग विवाह सम्पन्न भएको हो।

हेलिकोप्टरका लागि जोगीले रु तीन लाख ८० हजार तिरेर चार्टर्ड गरेका थिए। छोराले बिहेमा हेलिकोप्टर चढेर जाने इच्छाएकाले चार्टर्ड गरेको दुलाहाका बुबा जोगीले बताए। उनले सम्पत्ति यस्तै बेलामा चाहिने र परेको बेलामा खर्च गर्न पछि हट्न नहुने पनि बताए।

हिन्दी फिल्ममा हिरो हेलिकोप्टरमा बसेर दुलहीको घर गएको देखेपछि आफूलाई पनि बिहेमा हेलिकोप्टर चढ्ने इच्छा जागेको बेहुला बिर्जुले बताए। हेलिकोप्टर चढ्ने इच्छा थियो बुवाले इच्छा पूरा गरिदिएको बेहुला बिर्जुको भनाइ छ।

प्रतिकृया दिनुहोस्