काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टीको महा मन्त्रीमा महिलातर्फ कुन्तीकुमारी शाही विजयी हुनु भएको छ । महा मन्त्रीमा उम्मेदवार दिएकी अभिनेत्री रेखा थापा भने पराजित हुनु भएको छ । बिहान सकिएको मत गणनामा अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनको प्यानलमा रहेकी थापा शाहीसँग पराजित हुनु भएकाे हाे ।
शाही कमल थापा पक्षकी हुनुहुन्छ । राप्रपाको निर्वाचन आयोगका अनुसार कुन्ती शाहीले २ हजार ८ मत ल्याउनु भएको छ भने रेखा थापाले १६ सय ४० मत पाउनु भएको छ। सावित अध्यक्ष कमल थापासँगको कडा प्रतिस्पर्धामा लिङदेनले जित हासिल गरेका हुन् ।
पार्टीको चार दिनदेखि जारी महाधिवेशनको अन्तिम दिन हिजो नेतृत्वका लागि चुनाव भएका थियो । उक्त चुनावका भर्खरै प्राप्त नतिजा अनुसान लिङदेनले थापालाई हराउँदै पार्टीको कमाण्ड प्राप्त गरेका हुन् ।
अन्तिम मतपरिणाम अनुसार लिङदेनले थापालाई २२७ मतान्तरले पराजित गरे । राप्रपाका झण्डै ४४ सय महाधिवेशन प्रतिनिधिमध्ये ३८ सय ७३ मत खसेकाेमा लिङदेनकाे पक्षमा १८४४ र थापाकाे पक्षमा १६१७ मत आएकाे थियाे । ४३१ मत बदर भएकाे छ । यस अघि तीन अध्यक्ष रहेको राप्रपालाई अब एकल अध्यक्षका रुपमा लिङदेनले हाँक्नेछन् ।
प्रतिकृया दिनुहोस्