Tuesday, June 28

घट्यो सुन-चाँदीको मूल्यमा , तोलाको कति पुग्यो त ?

December 10, 2021 402

काठमाडौं-साताको अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला ९२ हजार ३०० रुपैयाँ कायम भएकोमा शुक्रबार एक सय रुपैयाँले घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको हो ।

शुक्रबार छापावाल सुन प्रति १० ग्राम ७९ हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार ७०० रुपैयाँ कायम भएको छ । त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ७८ हजार ६१५ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

शुक्रबार चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला एक हजार १८५ रुपैयाँ कायम भएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार २०० रुपैयाँ कायम भएको थियो । त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार १६ रुपैयाँ कायम भएको महसंघले जनाएको छ ।

यो पनि – नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम १२० रुपैयाँ ५४ पैसा र बिक्री दर १२१ रुपैयाँ १४ पैसा कायम गरेको छ ।

युरोपियन यूरो एकको खरिद दर १३६ रुपैयाँ ४५ पैसा र बिक्री दर १३७ रुपैयाँ १२ पैसा रहेको छ । यूके पाउन्ड स्टलिङ एकको खरिद दर १५९ रुपैयाँ १८ पैसा र बिक्री दर १५९ रुपैयाँ ९७ पैसा रहेको छ । यस्तै, स्वीस फ्रेङ्क एकको खरिद दर १३० रुपैयाँ ७८ पैसा र बिक्री दर १३१ रुपैयाँ ४३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८६ रुपैयाँ २९ पैसा र बिक्री दर ८६ रुपैयाँ ७२ पैसा छ । क्यानेडियन डलर एकको खरिद दर ९५ रुपैयाँ ४ पैसा छ भने बिक्री दर ९५ रुपैयाँ ५१ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ ६२ पैसा र बिक्री दर १० रुपैयाँ ६७ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ९९ पैसा र बिक्री दर १९ रुपैयाँ ८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३२ रुपैयाँ १३ पैसा र बिक्री दर ३२ रुपैयाँ २९ पैसा छ भने कतारी रियाल एकको खरिद दर ३३ रुपैयाँ ११ पैसा र बिक्री दर ३३ रुपैयाँ २७ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ । त्यस्तै, मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ५९ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ७३ पैसा छ ।

प्रतिकृया दिनुहोस्