Sunday, April 2

यी २३ बर्षिय सरिता बिहान-बेलुकी धर्मसको चिया बेचेर कलेज प, ढ्छिन् ( भिडियो हेर्नुहोस् )

January 3, 2022 699

उदयपुरकी २३ बर्षकी सरिता केसी काठमाडौंको असनमा बिहान र बेलुका चिया बेच्छिन्, दिउँसो कलेज पढ्छिन् । उनको कुनै पसल छैन, थर्मसमा दुध र कालो चिया हालेर उनी कोठाबाट बेच्न निस्किन्छिन् । उनले यसरी चिया बेच्न थालेको १ बर्ष भयो ।

त्रिकलेमा पोलिटिकल साईन्समा व्याचलर गरिरहेकी सरिता चिया बेचेरै महिनाको साढे २ लाख हाराहारी कमाउँछिन् र १ लाख जोगाउँछिन् । आफ्नो भाई पढाउन र आफु पढ्न उनी राजधानीमा मेहेनत गरिरहेकी छिन् । काम सानो ठुलो हुदैन, मेहेनत गर्न लजाउन हुँदैन भन्ने बिचार बोकेकी सरिता धेरै युवाहरुका लागि प्रेरणा बनेकी छिन् ।

असन र त्यस वरीपरी उनलाई धेरैले ‘सुन्दरी चियावाली’ भनेर चिन्दछन् । चिया पिउनेहरुले उनको रुपमा धेरै प्रशँसा गर्दछन् । बृद्धबृद्धाले त उनलाई आफ्नो घरको बुहारी बन न भन्ने प्रस्ताव पनि राख्ने गरेको बताईन् ।

४ बर्ष अगाडि काठमाडौं आएकी सरिता केहि बर्ष परिवारकै खर्चमा पढिन् । बिस्तारै उनको परिवारलाई उनी र उनको भाईलाई पढाउन गाहे हुदै गएको सरिताले देखिन् । कृ

बाबु आमाको टाउकोबाट भाई र आफ्नो पढाईको बोझ हटाउन उनी चिया बेच्न थालिन् । त्यसअघि उनले असन घुम्दै जाँदा अरु चिया बेच्नेहरुलाई देखेकी थिइन् ।

बिदेश जानलाई बिदेशी भाषा कक्षा पनि लिईरहेकी सरिताले भाषा कक्षा छोडिन् र चिया बेच्न थालिन् । उनको चियालाई धेरैले मिठो मानेर खान्छन् । दिनमै ४०० कप चिया बेच्ने उनले सुरुको दिन भने ४ सय रुपैंया कमाएकी थिईन् । चिया बेच्ने क्रममा कतिले दुध चियालाई दुई अर्थ लगाएर आफुलाई नराम्रो हिसाबले जिस्काउने गरेको पनि उनले सुनाईन् ।

सुन्दरी चियावालीसँग शिशिर भण्डारीको कुराकानी हेर्नुस..

प्रतिकृया दिनुहोस्