Sunday, April 2

आज यी देशका मुद्राको भाउ बढ्यो, यी देशका भने मुद्राको भाउ घट्यो

January 5, 2022 964

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ ।राष्ट्र बैंकले अमेरिकी डलर एकको खरिद दर अधिकतम ११८रुपैयाँ ९९ पैसा र बिक्री दर ११९ रुपैयाँ ५९ पैसा कायम गरेको छ । युरोपियन युरो एकको खरिद दर १३४ रुपैयाँ ५१ पैसा र बिक्री दर १३५ रुपैयाँ १८ पैसा छ ।

युके पाउन्ड स्टलिङ एकको खरिद दर १६० रुपैयाँ ७६ पैसा र बिक्री दर १६१ रुपैयाँ ५७ पैसा छ । स्वीस फ्रेङ्क एकको खरिद दर १२९ रुपैयाँ ६४ पैसा र बिक्री दर १३० रुपैयाँ २९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।अष्ट्रेलियन डलर एकको खरिद दर ८५ रुपैयाँ ८२ पैसा र बिक्री दर ८६ रुपैयाँ २५ पैसा छ ।

क्यानेडियन डलर एकको खरिद दर ९३ रुपैयाँ ३६ पैसा रहेको छ भने बिक्री दर ९३ रुपैयाँ ८३ पैसा छ । जापानी येन १० को खरिद दर नेपाली १० रुपैयाँ २७ पैसा र बिक्री दर १० रुपैयाँ ३३ पैसा छ भने चिनियाँ यूआन एकको खरिद दर १८ रुपैयाँ ६७ पैसा र बिक्री दर १८ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

साउदी अरबियन रियाल एकको खरिर दर ३१ रुपैयाँ ६९ पैसा र बिक्री दर ३१रुपैयाँ ८४ पैसा छ भने कतारी रियाल आज एकको खरिद दर ३२ रुपैयाँ ६८ पैसा र बिक्री दर ३२ रुपैयाँ ८५ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।

मलेसियन रिंगिट एकको खरिद दर २८ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर २८ रुपैयाँ ५७ पैसा रहेको छ भने कोरियन वन १०० को खरिद दर ९ रुपैयाँ ९४ पैसा र बिक्री दर ९ रुपैयाँ ९९ पैसा कायम भएको छ ।

प्रतिकृया दिनुहोस्