काठमाडौं- आज नेपालमा को’रोना भा’इरसका ११ हजार ३ सय ५२ जना संक्रमित थपिएका छन् ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २३ हजार ४०९ नमुना परीक्षण गर्दा अहिलेसम्मकै धेरै को’रोना संक्रमण भएको छ ।
को’रोनाबाट आज चारजनाले ज्यान गु’माएको मन्त्रालयले जानकारी दिएको छ । यो अवधिमा देशभर ६ सय १३ संक्रमणमु’क्त भएको मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिए ।काठमाडौं उपत्यकामा मात्रै ६ हजार ३४३ जना संक्रमित थपिएका छन् ।
उनका अनुसार काठमाडौंमा चार हजार ६६६, ललितपुरमा एक हजार १९ र भक्तपुरमा पाँच सय ७८ गरी काठमाडौं उपत्यकामा ६३ सय ४३ जनामा संक्रमण पुष्टि भएको छ ।पछिल्लो २४ घण्टामा परीक्षण गरेकामध्ये ५२.६ प्रतिशतमा को’रोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहायक प्रवक्ता डा.समीर कुमार अधिकारीले कुल पीसीआर परीक्षण भएकामध्ये देशभरको औसत संक्रमण दर ५२.६ प्रतिशत रहेको बुधबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएका हुन् । जुन हालसम्मकै उच्च भएको उनले बताए ।
हाल होम आइसोलेशनमा ४६ हजार ५१५ र बाँकी संस्थागत आ’इसोलेनमा संक्रमितहरु रहेका छन् । अधिकारीका अनुसार हाल देशभर ४७ हजार ९२९ जना सक्रिय सक्रमित रहेका छन् । संस्थागत आइसोलेशनमा रहेकामध्ये आईसीयुमा १६९ र भेन्टिलेनरमा २८ जना रहेका छन् ।
प्रतिकृया दिनुहोस्