Sunday, August 7

निसन्तान वृद्व आमाबुबालाई कुकुरले नाचेरै पाल्दै,छोरा-छोरी भन्दा बढी माया कुकुरले गर्दैछ(भि, डियो हेर्नुस)

January 20, 2022 632

कुकुरले नाचेर नै मानिसलाई पल्दै आएको सुन्दा अचम्म लाग्न सक्छ । सामान्यतया कुकुर घर पालुवा जनावारमा पर्छ । तर एक कुकुरले दुई बृद्धअबश्था भएका मानिसलाई पाल्दै आएको घटना साचो हो । ७० वर्षका बुवा र ६७ वर्षकि आमा अहिले आफुहरुलाई कुकुरले पाल्दै आएको बताउछन ।

पहिले आफ्ना छोराछोरी कोहि नहुदाँ त्यहीँ कुकुरलाई नै आफ्नो छोरा सम्झेर पाल्दै आएको तर अहिले यहि कुकुरले नै आफुहरुलाई पाल्दै आएको बवाले बताएका छ्न । विभिन्न ठाउँमा कुकुर गोरेले नाचेर पैसा कमाउने गरेको उनले बताए ।

अहिले यहि कुकुरले नाचेर कमाएको पैसाले नै आफुले श्रीमतिको औषधि उपचार पनि गर्दै आएको ति बुवाले बताएका छ्न । आफ्नो कुकुर सबै कुरा बुझ्ने भएको उनले बताए । अहिले त आफ्नै सन्तान जस्तै भएको र आफुहरुको दुख कुकुरले देख्न नसक्ने बुबाको भनाई छ । आफुहरुको छोराछोरी जे भने पनि बाच्ने सहारा यहीँ गोरे नै बनेको बुवाले बताउँछन । मानवको बरु यति बुद्धि छैन होला तर कुकुर भएर अनि यति धेरै बुझ्ने भएको बुवा बताउँछन ।

अहिले आफू दिनभरि कुकुर लिएर हिडने र साँझ परेपछि कोठा फर्किने गरेको उनले  बताएका छ्न । आफुलाई आजसम्म यहीँ कुकुरले नै पालेको बुवाले बताए । गोरेलाई केहि भयो भने आफ्नो बाच्ने सहारा नै नहुने बुबा बताउँछन । अहिले गोरे कुकुर आफ्नो लागि भगवान भने पनि या अरु नै जे भने पनि यहीँ भएको उनले बताए । गोरेले आफू रुँदा आँसु जिब्रोले पुछिदिने गरेको बुवाले बताएका छ्न । अहिले आफू बस्दै आएको घरको कोठामा बस्ने अन्य मान्छेहरुले कि तपाइहरु निस्किनुस कि कुकुर निकाल्नु परो भन्ने गरेको आमाले बताएकि  छिन ।

नगरपालिकाले नमुना सुकुम्बासी टोलमा कोठा दिएको र आफू त्यहीँ बसेको आमाले बताएकी छिन । गोरेलाई सानै देखि आफ्ने छोरा सम्झेर हुर्काएको बुबाले बताएका छ्न । अहिले त आफुहरुको सहारा नै भएकोले छोड्न गोरेलाई छोड्न नसक्ने उनिहरुको भनाई छ । त्यति मात्र नभै अब त गोरेले आफुहरुलाई जे गर्दा पनि नछोड्ने बुबाको भनाई छ । अहिले आफुहरुल ३ दिन देखि केहि नखाएको र भोकले धेरै गाह्रो भएको बुवाले बताएका छ्न ।

कोठामा खाने चामल पनि केही नभएको बुबाले बताएका छ्न । यहीँ सरकारले दिएको एउटा कोठामा बसेको बुवाले बताएका छ्न । उमेर नपुगेर सरकारले आफुलाई भात्त समेत नदिएको बुवाले बताएका छ्न । छोराछोरी नजन्मे पछि हाम्रो सहारा भनेर आएको यो कुकुर आमाले बताएकी छिन । अहिले धेरै माम्छे हरुले गोरेलाई किन्न माग्ने गरेको बुबाले बताए । तर आफुले नबेचेको उनको भनाई छ । यसको माया धेरै लाग्ने गरेकोले जति पैसा दिए पनि बेच्न नसक्ने आमाले बताएकी छिन् ।

भिडियो हेर्नुस :-

प्रतिकृया दिनुहोस्