पछिल्ला केही दिन देखि अनिताको स्वास्थ्यमा एकदममै धेरै सुधार देखिएको छ र उनको अनुहारमा बेग्लै चमक पनि छ । उनी दिनानुदिन झनझन सुधारिदै गैरहेकि छिन् । केहि समय पहिले अनिताको फेरि शल्यक्रिया हुने भएसगै उनको शल्यक्रिया एकदमै राम्रो ढंगबाट होस् भन्दै घरमा पुजा आजा समेत लगाउदै उनका ग्रह दशाहरु सबै छुटेर जाउन भन्दै भगवान् जस्ता बिनोदको काखमा बसेर पुजा सम्पन्न गरेको भिडियो पनि एकदमै भाइरल भएको थियो ।
अहिले अनितालाई एकदमै महत्त्वपूर्ण र एकदमै डरलाग्दो शल्यक्रिया पनि सफलता पुर्ण भयो । अहिलेसम्म जसरि सबैले साथ सहयोग गर्दै आउनुभएको छ उहाहरु सबैलाई धन्यवाद भन्दै अझै अब झनै सहयोग चाहिने दिन आएसगै सबैले साथ दिनुहोला भन्दै अपिल पनि गरियो ।डाक्टरले समेत अबको शल्यक्रिया भगवान भरोसा भनिसकेपछि शो अनिता परिवार आतिएको थियो किनकि यो शल्यक्रिया अहिलेसम्मकै सबैभन्दा ड रलाग्दो मध्यको एक थियो ।
त्यसैगरि अनिताको यो अन्तिम शल्यक्रिया उनलाई भेन्टिलेटमा राखेर उनको शल्यक्रियाको तयारि भएसगै गरिएको थियो । उनलाई हेर्न रुङ्न र भेट्न धेरै मानुभावहरु साथै श्रीमानसहितको आफन्तजनको अस्पतालमा ठूलो लामलस्कर थिए ।उनको यो शल्यक्रिया सफल होस् भन्दै हामीले भगवान्सग प्राथना पनि गरेका थियौ । ट्याकेस्टेम ट्युबको सहायताले बोल्ने गरेकी अनिताको श्वासप्रश्वासनलिमा भएको समस्याले उनको आबाज नआउने र सास फेर्न पनि
असहज हुने गरेको र बेलाबेला त सास रोकिएला झै हुनेखालको अबस्था थियो । ट्याकेस्टेम ट्युबले कि त भित्रको भागलाइ सुधार्ने या बिगार्ने तर अनिताको भने भित्री भागमा सुधार भैराखेकोले थप तीन महिनाको लागि डाक्टरहरुले टि ट्युब नै लगाउने सुझाव दिएको बताएका थिए ।यशो हुँदै गर्दा अनिता पहिलेको अवस्थामा नै फिर्केको देखिन्थ्यो ,नत उनी बोल्न सक्थिन नत आवाज नै आउथ्यो नत उठ्ननै ।
केही दिन अघि मात्रै यहि सेरोफेरोमा अनितालाई पुर्ण अप्रेसन थिएटरमा लगिएको थियो ।बारम्बार उनिलाई अप्रेसन गर्नुपर्ने भएसगै परिवार एकदमै दुखि चिन्तित देखिन्थ्यो । उनी फेरि पहिलेको जस्तै ठिक भएर आएको हेर्न पाईयोस् भन्दै परिवार भगवान्सग बिन्ति बिसाउथ्यो ।अनिता अप्रेसन थिएटर जाँदै गर्दा उनी रुदै थिइन जुन देख्दा जो कोहिको मन रुनु स्वभाविक नै हो । अहिले अनितालाई भेट्न मन्दिरा पुगेकी छिन् ।
हेर्नुहोस यो पुरा भिडियो…
प्रतिकृया दिनुहोस्