Sunday, April 2

कोरियामा ४८ बर्षिय यी व्यक्तिलाई भे, ट्नेलाई १ करोड वन पुरस्कारको घो, षणा

February 2, 2022 732

दक्षिण कोरियामा एक ४८ बर्षका पुरुष हराएको सूचना निकालिएको छ। सूचनामा भनिए बमोजिम उक्त ब्यक्ति कसैले भेटेको खबर गरेमा उक्त ब्यक्तिलाई निकै ठूलो पुरष्कार दिने समेत बताइएको छ। ति ब्यक्ति उनको परिवारका लागि यति महत्वपूर्ण छन कि परिवारले भेटाउनेलाई १ करोड कोरियन वन पुरस्कार समेत दिने घोषणा गरेका छन। आखिर झोला बोकेर ति ब्यक्ति कता गए होलान त?

हराएका ति ब्यक्तिको उमेर ४८ बर्ष रहेको छ। उनको शारिरीक बनोट अन्तरगत उनको उचाई १ सय ६४ सेन्टिमिटर रहेको बताइएको छ भने उनले टाउकामा टोपि लगाएका छन। उनले कान छोप्ने पनि लगाएका छन। उनको टोपी निलो रङको रहेको देखिन्छ। उनले पछाडी एउटा झोला समेत भिरेका छन।

उनले भिरेको झोलाको रङ खैरो खैरो सेतो सेतो रहेको देखिन्छ। उनको झोला एडिडास ब्राण्डको भएको बताइएको छ। झोलामा एडिडासको लोगो समेत देख्न सकिन्छ। ४८ बर्षिय यि हराएका पुरुषले तिघ्रोको माथिल्लो भागसम्म आउने लामो ज्याकेट लगाएका छन। ज्याकेट कालो रङको भएको बुझिएको छ।

उनले लगाएको लामो कालो रङको ज्याकेटको देब्रेतिर काँधमा अंग्रेजी अल्फाबेटमा “एम” लेखिएको छ। उनले कालो रङको पाइन्ट लगाएका छन। खैरो रङको पहाड चड्दा लगाउने किसिमको ट्रेकिङ जुत्ता लगाएका उनि सन २०२२ को जनवरी ८ तारिख शनिवार विहान १० बजेदेखि हराइरहेका छन।

कोरियाको दोश्रो ठूलो शहर बुसान रेल स्टेशन अगाडी रहेको छोर्याङ बजारबाट जनवरी ८ तारिख शनिवारको दिन विहान १० बजेदेखि उनि हराएका हुन। उनलाई देख्ने जो कोहिले फोटो खिचेर ०१०-२७०८-८७०० वा ०१०-४९०९-९६७८ मा तुरुन्तै पठाएर सम्पर्क गर्न सक्नेछन। त्यसैगरी उनलाई देखे भेटेमा माथिका नम्बरमा सम्पर्क गरेमा १ करोड वन पुरस्कार समेत पाइने बताइएको छ। थप जानकारी तलको पोष्टरबाट लिन सक्नुहुनेछ।

प्रतिकृया दिनुहोस्