द भ्वाईस किड्सको सेमिफाईनलबाट बाहिरिएकी टेरेसा बिश्वकर्माको पहिलो गीत चरी भररको भिडियो आएको छ । लोक श्रृजनामा बनेको गीतलाई शिशिर भण्डारीले शव्द तथा सँगीत गरेका हुन् ।
गीतमा उस्तै सुमधुर स्वर भएकी टेरेसाको आमा शिवा बिश्वकर्माको पनि आवाज रहेको छ । गीतको अन्तिममा शिशिरको पनि स्वर सुन्न पाईन्छ । दैलेखकी टेरेसा फाईनलसम्म पुग्ने आशा गरिएको थियो, उनी बाहिरिएपछि धेरैले शिशिर भण्डारीलाई टेरेसाको गीत निकिालिदिन सुझाए । शिशिरले आमा छोरीकै दुख सुखको गीत रचे ।
टेरेसाको बुवा ८ महिना यता कान सुनदैनन् । मुटु हुँदै खुट्टामा समस्या आएपछि उनको बुवा राम बहादुर बिश्वकर्माले आफ्नो छोरीको प्रस्तुति द भ्वाईस किड्मा सुन्न पाएनन् । उनको उपचारका लागि लाखौं खर्च लाग्ने डाक्टरहरुले बताएका छन् । गीत आईसकेपछि यो परिवार निकै खुशी भएको छ ।
गीतले छोटो समयमै युट्युबमा धेरैको माया र साथ पाएको छ । २४ घण्टामै लाखौं भ्युज र हजरौं राम्रा कमेन्टहरु पाएको गीतमा टेरेसा र उनकै आमाको अभिनय रहेको छ । भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् ।
भिडियो हेर्नुस…
प्रतिकृया दिनुहोस्