Tuesday, November 29

CG नेटको यस्तो अफर १५ दिनसम्म (ट्रायल) निःशुल्क इन्टरनेट प्रयोग गर्न पाउने

February 4, 2022 719

काठमाडौं, २१ माघ । चौधरी ग्रुपको सीजी कम्युनिकेसन्स लिमिटेडले सिजीनेटको सेवामा १५ दिनसम्म निशुल्क इन्टरनेट दिने भएको छ। सिजीले ग्राहकलाई ‘पहिले ट्राइ गरौं अनि सब्सक्राइब गरौं’ भन्ने योजना अनुसार १५ दिनसम्म निशुल्क सेवा दिने भएको कम्पनीले जनाएको छ ।

सिजीको अनुसार अनुभव गरेर मात्र इन्टरनेट जडानको निर्णय लिन सहयोग पु¥याउने उद्देश्यले कम्पनीले यस्तो सुविधा सार्वजनिक गरेको हो। यो सुविधा प्रयोग गर्न ग्राहकले कम्पनीको वेबसाइटमा दर्ता गराउन कम्पनीले आग्रह गरेको छ । यो सुविधा नयाँ ग्राहकले मात्र लिन सक्नेछन्।सिजीले मासिक ६ सय ४९ रूपैयाँमा ५० एमबीपीएस र ९९९ रूपैयाँमा १२० एमबिपिएस गतिको इन्टरनेट दिँदै आएको छ।

यो पनि पढ्नुहोस…तुलसीपुर, दाङको पर्यटकीयस्थल तुलसीपुर उपमहानगरपालिका–१९ छिल्लीकोटमा घरैपिच्छे घरबास(होमस्टे) निर्माण गरिएको छ । त्यहाँ अहिलेसम्म सात होमस्टे निर्माण गरिएको स्थानीय प्रविर पुनले बताउनुभयो । “हामीले यहाँ १० वटा होमस्टे सञ्चालनमा ल्याइसकेका छौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म सात होमस्टे दर्ता गरेका छौँ, १० वटा होमस्टे सञ्चालन गर्ने गरी तयारी गरेका छौँ ।”

विसं २०७६ देखि त्यहाँका स्थानीयवासीले होमस्टे सञ्चालनमा ल्याएका हुन् । त्यहाँको पर्यटकीय, धार्मिक तथा एेतिहासिक महत्व अवलोकनका लागि पर्यटक आउने गरेका छन् । ती पर्यटकलाई होमस्टेको सेवा दिने गरेको स्थानीय जीवराज रेउलेले बताउनुभयो । उहाँका अनुसार होमस्टेले त्यहाँका स्थानीयवासीको आम्दानीको स्रोत पनि बढेको छ । “अहिले कोरोनाले गर्दा केही असहज भएको छ”, उहाँले भन्नुभयो, “नत्र परिवार पाल्नलाई होमस्टेले हामीलाई निकै सहज बनाएको छ ।”

होमस्टेमा जैविक खाना प्रदान गर्ने गरिएको उहाँको भनाइ छ । स्थानीय उत्पादन भएको रोटी, ढिँडो, सिस्नोको तरकारी, लोकल कुखुरा, दही, दूध, स्थानीयस्तरमा उत्पादन गरेको रक्सी, जाँड खुवाउने गरेको उहाँले बताउनुभयो । सबै जैविक उत्पादन रहेको र सोहीअनुसार पाहुनालाई खुवाउने गरिएको उहाँको भनाइ छ ।

उहाँका अनुसार स्थानीय सादा खानालाई रु १२०, मासु खानालाई रु ३००, एक जनामात्रै सुतेको रु १०० लिने गरिएको छ । यो उपमहानगरपालिकाले तोकेको दर रहेको उहाँको भनाइ छ । होमस्टे उपमहानगरपालिकामा दर्ता भएर सञ्चालनमा ल्याइएको हो । उपमहानगरपालिकाको नियमानुसार आफूहरूले होमस्टे सञ्चालनमा ल्याइरहेको उहाँले बताउनुभयो ।

साथै उपमहानगरपालिकाले प्रोत्साहनका लागि विभिन्न बाजागाजा प्रदान गरेको छ । उपमहानगरपालिकाले पुनका अनुसार बाँसुरी, खैजडी, मादल, सारङ्गी, डेग, मगर ड्रेस प्रदान गरेको छ । अहिले होमस्टेका लागि विराटनगर, पाल्पा, नवलपरासी, कैलाली, नेपालगञ्जमात्रै नभई अमेरिकाबाट समेत पर्यटक आएर होमस्ेटको आनन्द लिने गरेका छन् । एउटा होमस्टेमा आठ जनालाई राख्न सकिन्छ । होमस्टेमा बस्दा सुरक्षाको ग्यारेन्टीसमेत आफूहरुले गर्ने गरेको उहाँको भनाइ छ । अहिले होमस्टेमा प्रायः शुक्रबार र शनिबार धेरै मान्छे आउने गरेका छन् । एकपटक आइसकेका व्यक्ति पुनः होमस्टेमा आउने गरेका उहाँले बताउनुभयो ।

जिल्लाकै पर्यटकीय हिसाबले उत्तम ठाउँ छिल्लीकोट हो । किनकि त्यहाँ विश्वकै दुर्लभ वनस्पति मल्लागिरि पाइन्छ । त्यत्तिमात्रै होइन, त्यहाँ कुनै समय राजा बसेको ठाउँ पनि हो । उक्त ठाउँ भौगोलिक हिसाबले पनि एकदमै उत्तम स्थान हो । त्यहाँबाट रुकुमपूर्वको सिस्ने, रोल्पाको जलजला तथा धवलागिरि हिमालको अवलोकन गर्न सकिन्छ । त्यस्तै रुकुम, रोल्पा, सल्यान तथा दाङको भू–भागको पनि त्यहाँ अवलोकन गर्न सकिने पुनले बताउनुभयो । सडक सञ्जालका हिसाबले पनि छिल्लीकोट रोल्पाको स्वर्गद्वारीसँग जोडिएको छ ।

प्रतिकृया दिनुहोस्