Wednesday, June 7

मन्त्री आलेको दादागिरी अति भएको भन्दै होटल याक एन्ड यतिका संचालक मिडियामा यसो भन्छन् (भिडियो हेर्नुस)

February 14, 2022 1192

काठमाडौँमा रहेको एक पाचँ तारे होटल याक एन्ड यति अहिले निकै बिबादित छ । पर्यटन मन्त्रालयले होटलले संचालन गरेको क्यासिनोको रोयल्टी न’तिरेको भन्दै ४२ करोड रुपैयाँ तिर्न समय दिएको थियो । तर मन्त्रालयले दिएको समय अवधिमा होटलले रोयल्टी न’तिरे पछि होटल ब”न्द गर्न मन्त्रालयले पत्रचार गरेको हो । होटल बारे निकै चर्चा भए पछि मन्त्री प्रेम आले स्वंम होटल निरीक्षणमा निस्किएका थिए । त्यस पछि भने होटल संचालन गर्न रो”क लगाईएको थियो ।

होटल ब”न्द गर्न मन्त्रालयले पत्र पठाए पछि भने होटल याक एन्ड यतिका संचालकले पत्रकार संम्मेलन गरेर कानुन बिपरित मन्त्री आलेले निर्णय गरि दा”दा”गि”री देखाएको बताएका छन्। उनले होटल याक एन्ड यतिमा कुनै पनि क्या”सि”नो संचालनमा न’रहेको भन्दै संचालन नै नभएको क्यासिनोको रोयल्टी होटलले कुन आधारमा तिर्ने भन्दै प्रश्न गरेका छन । २०७१ सालमा नै मन्त्रालयले क्यासिनो संचालन अनुमती नविकरण नगरेको भन्दै लाइसेन्स खा”रे”ज गरेको पत्र आफुहरुलाई पठाएको बताए ।

क्यासिनो संचालन गरे बापत प्रत्येक वर्ष ४ करोड रुपैयाँ सरकारलाई रोयल्टी बुझाउनी पर्ने कानुनी ब्यावस्था छ । साथै क्यासिनो संचालन अनुमती पत्र एक वर्षको हुने र संचालन गर्न चाहे हरेक वर्ष नवीकरण गर्नु पर्ने कानुनी ब्यावस्थामा उल्लेख छ । तर आफुहरुको क्यासिनो अनुमती पत्र सरकारले २०७१ सालमा नै खारेज गरिएको भनी पत्र पठाएको उनले देखाए । अहिले होटल याक एन्ड यतिमा क्यासिनो संचालनमा नरहेको भन्दै रोयल्टी तिर्नु पर्ने कुनै प्रश्न नउठ्ने उनी बताउँछन ।

२०७१ सालमा मन्त्रालय आफैले पत्र पठाएर ब”न्द गरेको क्यासिनोको सोही अवधिबाटको रोयल्टी रकम तिर्न बाकी रहेको भन्दै माग गर्नु अ”चम्म भएको उनले बताए । क्यासिनो संचालनमा भए प्रत्येक वर्ष नबिकरण गर्नु पर्ने हुन्छ, यस बरे आफुहरुले मन्त्रालयमा पत्रचार गरि ०७१ साल देखि नै क्यासिनो ब”न्द रहेको र यदि क्यासिनोको नवीकरण गरेको कुनै प्रमाण भए त्यसको प्रतिलिपी पठाउन अनुरोध गरेको उनको भनाई छ । आफुहरुले पत्र पठाएको भोलिपल्ट नै रोयल्टी नतिरेको भन्दै ब”न्द गर्न पत्र आएको उनले बताए ।

यदि क्यासिनो संचालन अनुमती नवीकरण नै नगरि संचालन गरेको खण्डमा त्यही अनुरुप का”र्बा”ही गर्नु पर्ने तर रोयल्टी माग गर्नु नियम बिपरित भएको उनले बताए । अनुमती पत्र नवीकरण नगरी रोयल्टी तिर्दै संचालन गर्न पाउने कुनै कानुनी प्रावधान नभएको उनको भनाई छ । मन्त्रालय र मन्त्री आले बिना कुनै प्रमाण आफुखुशी निर्णय गर्न थालेको उनको भनाई छ । यसबारे आफुहरु कानुनी बाटो अपनाउने उनको भनाई छ । तर कतिपयले भने होटल याक एन्ड यतिमा क्यासिनो संचालनमा रहेको बताउँछन । पहिले नै अनुमती खारेज भएता पनि संचालन भने भएको जानकारहरुको भनाई छ ।

(भिडियो हेर्नुस)

प्रतिकृया दिनुहोस्