Sunday, April 2

ह्वात्तै बढ्यो सुनको भाउ, आज एकैदिन तोलामा यति धेरै बढ्यो

February 24, 2022 718

काठमाण्डाै – सुनको भाउ आज एकैदिन तोलामा २५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९६ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ आज ९९ हजार रुपैयाँमा पुगेको छ।

भाउ अझै बढ्न सक्ने नेपाल सुन चाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताउनुभयो । सुनको भाउ यसरी बढ्नुको मुख्य कारण अहिले रुस र युक्रेनको विवाद नै भएको उहाँको भनाइ छ ।

युक्रेनमा रूसको हस्तक्षेपसँगै विभिन्न युरोपेली देशसहित अमेरिकाले प्रतिबन्ध लगाएकाे छ । यसकै कारण सुनको बजारमा असर परेको शाक्यले बताउनुभयो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीकाे भाउ तोलामा ३५ रुपैयाँले बढेर १३ सय ५५ रुपैयाँमा  पुगेको छ ।

यो पनि… आज नेपाल पैसा पठाउँदै हुनुन्छ ? हेर्नुहोस यस्तो छ बिनिमय दर

नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

विनिमय दर भन्नाले एउटा मुद्राको अर्को मुद्रामा विनियम गर्दा प्रयोग हुने दरलाई बुझाउँदछ । दुई मुद्रा विचको यस्तो दर हो जस अनुसार एक मुद्रा अर्कोमा साट्ने गरिन्छ अर्थात एउटा मुद्रालाई अर्को मुद्रामा साट्नको लागी प्रयोग गरिने दरलाई विनिमय दर भनिन्छ ।

उदाहरणको लागी नेपालमा अमेरिक डलको विनिमय दर १०० नेपाली रुपैया भन्नुको मतलव एक अमेरिक डलरको मुल्य नेपाली १०० रुपैया बरावर हुन्छ भन्ने बुझिन्छ । नेपालमा विदेशी मुद्राको विनिमय दरको निर्धारण गर्दछ तथा विदेशी मुद्राको कारोबारको सुपरिवेक्षण “
नेपाल राष्ट्र बैंक” पाल राष्ट्र बैंकले गर्दछ ।

आजको मुद्राको दर यसप्रकार रहेको छ………

प्रतिकृया दिनुहोस्