Wednesday, June 7

नायक पल शाह बिवादबारे कलाकार दीपकराज गिरीको यस्तो स्टाटस

February 26, 2022 818

काठमाडौ । एक जना १७ वर्षकी किशोरीलाई इच्छा विपरित कर णी गरेको आरोपमा अभिनेता पल शाह विरुद्ध प्रहरीमा उजुरी परेको छ । प्रहरीले पक्राउ पुर्जी जारी गरेपछि पल सम्पर्क विहिन भएको भनिएको छ । प्रहरीले पक्राउ गर्न उनको खोजी गरेको जनाएको छ । पल भने सामाजिक सञ्जालमा सक्रिय देखिन्छन् ।

यता प्रहरीले खोजी गरिरहेको बेलामा पलले आफुलाई आफ्नै साथी र आफन्तले षडयन्त्र गरेको भन्दै केही अडियो क्लीप सहितको लामो स्टाटस हालेका छन् । जसमा पलले भाइ मानेका दुर्गेश थापा, पलकै म्यानेजर लगायत केहीको आवाज सुनिन्छ । त्यसमा पल विरुद्ध ठूलो षडयन्त्र गरिएको बुझ्न सकिन्छ । पलको त्यो स्टाटस पछि अहिले नेपाली रंगमञ्च तरंगित बनेको छ ।

सामाजिक सञ्जाल पलका पक्षमा देखिन्छन् । तर कानुनले १८ वर्ष भन्दा कम उमेरको महिलालाई नाबालक मान्छ । त्यस्तासंग सहमति मै गरेको सह वास पनि गैर कानुनी मानिन्छ । नेपालको कलाकारितामा निकै राम्रो उचाई बनाएका पललाई यति गम्भिर आरोप लागेपछि नेपाली रंगमञ्च क्षेत्रमा तरंग छाएको छ भने अन्य क्षेत्रका व्यक्तिले समेत सामाजिक सञ्जालमा आफ्ना प्रतिक्रियारटिप्पणी लेखिरहेका छन्।

पलले स्पष्टिकरण सहित अडियो सार्वजनिक गरेको २ घण्टापछि कलाकार दिपकराज गिरीले फेसबुकमार्फत नै घटना नखुलाई सांकेतिक रूपमा प्रतिक्रिया दिएका छन्। उनको स्टाटसमुनि पल शाहकै प्रकरणबारे व्यक्त कमेन्टले कलाकार गिरीले लेखेको कुरा त्यही घटनासँग सम्बन्धित रहेको जो कोहीले सजिलै बुझ्छ।

कलाकार गिरीको स्टाटस पल शाहप्रति सकारात्मक देखिन्छ। किनकि पलले आजै बिहान फेसबुकमा आफ्नै साथीभाइले आफूलाई फसाएको भनेर लेख्नु अनि कलाकार गिरीले रामायणको यो प्रसंग उल्लेख गर्नु पक्कै संयोग मात्र होइन। ‘रामले युद्ध जिते किनकि पछाडि बाँदर सेना नै भीषण थिए’, दीपकराज गिरीले लेखेका छन्, ‘रावणले युद्ध हारे किनकि उनका पछाडि विभिषणहरू थिए।’

प्रतिकृया दिनुहोस्