Tuesday, November 29

युक्रेनी राष्ट्रपतिले राजधानी कीएभको सडकमा उभिएर भने- ‘रुससँग आत्मसमर्पण गर्दैनौँ’ (भिडियाे सहित)

February 26, 2022 632

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेन्स्कीले रुससँग आत्मसर्पण गर्न तयार नभएको बताएका छन् ।

शनिबार राजधानी कीएभको सडकमा उभिएर भिडियोमार्फत उनले युक्रेनी सेनाहरुलाई आत्मसर्पण गर्न आदेश नदिएको र बाहिर सार्वजनिक भएका समाचारहरु गलत भएको बताए ।

उनले भिडियोमा भनेका छन्, ‘मैले युक्रेनी सेनालाई आत्मसमर्पण गर्न आदेश दिएको भन्ने धेरै नक्कली जानकारीहरू छन्। त्यसैले, यहाँ सुन्नुहोस्ः म यहाँ छु।

हामीले हाम्रो हतियार तल राखेका छैनौं, हामी हाम्रो देशको रक्षा गर्न जाँदैछौं। हाम्रो हतियार हाम्रो सत्य हो, यो हाम्रो देश हो, हाम्रा बच्चाहरु र हामी तिनीहरूलाई रक्षा गर्नेछौं ।-न्युज२४नेपालबाट।

भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्…

 

 

 

प्रतिकृया दिनुहोस्